News Portal

  • सरकारी काम कहिले जाला घाम भन्ने भनाइलाई भक्तपुरमा चुनौती

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २६ असार २०७९
    ३७३२ पटक
    भक्तपुर, २६ असार २०७९

    ‘सरकारी काम कहिले जाला घाम’ भन्ने भनाइ सरकारी कर्मचारीले काम नगर्ने अर्थमा प्रख्यात छ । तर, भक्तपुरमा भने यसलाई चुनौती दिँदै एक दर्जन बढी कर्मचारी सार्वजनिक बिदालाई समेत माया मारेर आइतबार दिनभर काममा खटिएका छन्  ।

    जिल्ला प्रशासन कार्यालय भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय सरकारलाई सेवा सम्बन्धी अभिमुखीकरण गर्ने उदेश्यले कार्यक्रम राखेपछि कर्मचारीले आइतबार परेको इदको बिदालाई माया मार्नु परेको हो ।  स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयबीच समन्वय गर्न र सेवा प्रवाहमा हुने दुविधा हटाउन आइतबार चाँगुनारायण नगरपालिकासंग अन्तरक्रिया  गरिएको सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा घिमिरेले बताए ।

    उक्त अवसरमा सिडिओ शर्माले जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा प्रभावकारिताबारे प्रस्तुति दिदै सेवाग्राहीलाई सहजरुपले सेवा प्रवाह गर्न आपसी समन्वयमा जोड दिइन् । उनले जिल्ला प्रशासन कार्यालयले प्रवाह गर्ने सेवाको काम कारवाही र प्रक्रियाबारे प्रष्ट पार्दै चाँगुनारायणका सबै वडाले  सेवाग्राहीका सिफारिसमा एकरुपता कायम गर्न प्रेरित गरेकी थिइन् ।                                                                           

    त्यसैगरी जिल्ला प्रहरी परिसरका प्रमुख रहेका एसपी शिवकुमार श्रेष्ठले अपराधको विद्यमान अवस्थाबारे प्रस्तुति पेश गर्दै त्यसको न्यूनिकरणको लागि चाँगुनारायण नगरपालिकाले खेल्नुपर्ने भूमिका बारे बताएका थिए । सशस्त्र प्रहरी बलका जिल्ला प्रमुख एसपी नरबहादुर रावत र नेपाली सेनाको जिल्लास्थित इन्द्रबक्स गणका प्रतिनिधिले  जिल्लामा शान्ति सुरक्षाको अवस्था मजबुत पार्न चाँगुनारायण नगरपालिकासंग गरिएको अपेक्षाबारे बताएका थिए ।                             

    कार्यक्रममा चाँगुनारायणका प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा ९ वटै वडाका वडासचिवहरुको सक्रिय सहभागिता रहेको थियो । कर्मचारी बिदा माया मारेर उपस्थित कार्यक्रममा नगर प्रमुख जीवन खत्री र उपप्रमुख रमेश बुढाथोकी अनुपस्थित रहेका थिए । उक्त अवसरमा सबै वडाका वडा अध्यक्षहरूले भने  सक्रियतापूर्वक सहभागिता जनाएका देखिन्थे । उनीहरुले वडाबाट सिफारिस पत्र दिँदा अपनाउनुपर्ने सावधानी बारे जानकारी लिनुका साथै वडामा शान्ति सुरक्षाको अवस्था र अपराध न्यूनीकरणमा प्रहरी प्रशासनबाट  गरिएका प्रयासहरु बारे जिज्ञासा राखेका थिए ।  कार्यक्रम नवनिर्वाचित जनप्रतिनिधिका लागि उपलब्धिमूलक भएको चाँगुनारायण नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ८ का वडाध्यक्ष जनक खत्रीले जनाएका छन् । उनले यस्ताखाले कार्यक्रम आवधिकरुपमा नियमित हुनुपर्ने समेत आवश्यकता औल्याए ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...