News Portal

  • आजबाट डोलेश्वर र आशापुरीमा एकमहिने मेला शुरु

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १ साउन २०७९
    ६१८ पटक
    भक्तपुर, १ साउन २०७९

    आजबाट डोलेश्वर र आशापुरी महादेव मन्दिरमा एकमहिने साउने मेला शुरु भएको छ । चन्द्रविनायक गणेश मन्दिरदेखि केदारनाथको शिर मानिने डोलेश्वर मन्दिरसम्म कलश यात्रा गरी मेला शुरु भएको हो ।

    आजदेखि सुरु भएको मेलामा भक्तपुर, ललितपुर, काठमाडौं र काभ्रेपलाञ्चोकका विभिन्न क्षेत्रमा बसोवास गर्दै आएका दर्शनार्थीको घुइँचो लाग्ने गरेको डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका वरिष्ठ उपाध्यक्ष किरण थापाले जानकारी दिए । मेलामा संकलित रकम मन्दिरको गुरुयोजना निर्माणमै खर्च गरिने उनले बताए ।

    त्यसैगरी सूर्यविनायक नगरपालिका–८ मै रहेको आशापुरी महादेव मन्दिरमा पनि आजदेखि एकमहीने मेला शुरु भएको छ । आशापुरी महादेव मन्दिरमा साउनमा मेला भरेमा मनले चिताएको पुग्ने जनविश्वास रहँदै आएको छ । छोराको चाहना गर्ने दम्पतीले कामना गरेमा पुग्ने जनविश्वास रहेको स्थानीयवासी बताउछन्। विशेषगरी डोलेश्वर महादेवलाई केदानाथको शिर घोषणा गरिएपछि त्यहाँ आएका भक्तजन डोलेश्वरबाट चार किमी परको आशापुरीसम्म जान थालेका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...