News Portal

  • सल्लाघारीस्थित फुटपाथमा ब्यापार गर्न नपाइने

    राजेशमान मानन्धर / भक्तपुरपोस्ट भक्तपुर, ३ साउन २०७९
    १७६७ पटक
    भक्तपुर, ३ साउन २०७९

    सूर्यविनायक नगरपालिकाले वडा नम्बर ५ स्थित सल्लाघारी चोकको फुट्पाथमा रहेको अव्यवस्थित बजार हटाउने भएको छ ।  वडाध्यक्ष राजकुमार जोशीको नेतृत्वमा मंगलवार बिहान सो अभियान शुरु भएको हो ।

    फुट्पाथमा अव्यवस्थित ब्यवसाय गर्दा आवतजावतमा असुविधा हुनुका साथै दुर्घटना जोखिम समेत बढेकाले फुट्पाथ क्लियर गर्ने अभियान शुरु भएको वडाध्यक्ष जोशीले जानकारी गराएका छन् । यस अभियानमा सबैको साथ रहेको उनले जिकिर गरे ।   फुटपाथमा अव्यवस्थित पार्किङ समेत हटाइने उनको भनाइ छ ।

    मंगलवार बिहान उक्त क्षेत्रमा सरसफाइ समेत सम्पन्न गरिएको छ । उक्त अवसरमा महानगरीय ट्राफिक कार्यालय भक्तपुर, कटुञ्जे प्रहरी प्रभाग, नगर प्रहरी, जनप्रतिनिधिहरु, स्थानीय घरधनी र ब्यापारीहरुका साथै भद्रभलाद्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...