News Portal

  • सल्लाघारीमा भयानक दुर्घटना : रुख ढल्दा बस र मोटरसाइकल च्यापियो

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ८ असार २०७९
    ५७२९ पटक
    भक्तपुर, ८ असार २०७९

    भक्तपुरको सल्लाघारीमा भयानक दुर्घटना भएको छ । भक्तपुर नगरपालिका १ इवामुरा अस्पताल नजिकै सल्लाको रुख ढल्दा सडकमा गुडिरहेका एक यात्रुबाहक बस र मोटरसाइकल च्यापिएका छन् । प्रहरी र स्थानीय उद्धारमा जुटेका छन् । बिस्तृत विवरण आउन बाकी छ । घटना अपराह्न करिब १२ बजे भएको स्थानीयले जनाएका छन् ।                                           अपडेट : जिल्ला प्रहरी परिसरका डिएसपी राजु पाण्डेले दुर्घटनामा परी ३ जनाको निधन भएको पुष्टि गरेका छन् । अपराह्न करिब १२:१५ बजेको समयमा च्वङ्गा गणेश स्थित रहेको सडक छेउको सल्लाको रुख अचानक ढल्न जाँदा दुधपाटी कमलविनायक तर्फ गैरहेको बा. २ ख. ३५८४ नं. को बस र दुधपाटीबाट सल्लाघारी तर्फ आइरहेको बा. ६१ प. ३९७८ नं. स्कुटरलाई किची दुर्घटना हुँदा ३ जनाको ज्यान गएको उनले जानकारी गराए ।  च्यापिएको सवारी मोटरसाइकल नभई स्कुटर भएको उनको भनाइ छ ।                                                                               ज्यान गुमाउनेमा भक्तपुर न.पा. वडा नं. २ बस्ने बर्ष २५ को विशेष खर्बुजाको सनाखत हुन सकेपनि अन्य २ को पहिचान हुन नसकेको प्रहरीको भनाइ छ । नामथर वतन नखुलेका अन्य २ जना मृतक पनि पुरुष नै रहेका छन् ।             

    दुर्घटनामा परी १५ जना घाइते भएका र उनीहरुको नजिकैको इवामुरा अस्पताल, भक्तपुर अस्पताल लगायत जिल्लास्थित विभिन्न अस्पतालमा उपचार भईरहेको प्रहरीको भनाइ छ । घटनाको थप अनुसन्धान कार्य भईरहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...