News Portal

  • ग्रिल तथा स्टील व्यवसायीका समस्यामा ध्यान दिन अनुरोध

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१५ साउन २०७९
    ४५२ पटक
    भक्तपुर,१५ साउन २०७९

    वर्षै पिच्छे परनिर्भता वढ्दै गएको बेला ग्रिल तथा स्टील व्यवसायको क्षेत्रमा भने नेपाल आत्मनिर्भर रहेको छ । यसलाई अझ प्राथमिकता दिने हो भने विदेश निर्यात पनि सम्भब भएको व्यवसायीहरुले बताएका छन् ।

    ग्रिल तथा स्टील व्यवसायी महासंघ नेपालका केन्द्रिय अध्यक्ष मोहन कटुवालले ग्रिल तथा स्टील क्षेत्रमा नेपाल झण्डै आत्मनिर्भर रहेको बताए । सरकारले केही जोड गरी सहयोग गर्ने हो भने विदेश निर्यातमा कुनै समस्या नभएको उनको भनाई छ । ‘केही वर्षअघिसम्म नेपाल ग्रिल तथा स्टीलमा परिनिर्भर थियो । भारत तथा चीनबाट आयात गर्नुपर्ने अवस्था थियो, उनले भने, ‘तर अव हामी झण्डै आत्मनिर्भर छौ र केही बल गरे निर्यात पनि गर्न सक्छौं ।’

    तथ्यांक अनुसार ग्रिल तथा स्टील व्यवसाय क्षत्रमा देशभर ११ हजार भन्दा वढी उद्योगहरु रहेका छन् । ती उद्योगहरुले वार्षिक रुपमा तीन हजार युवायुवतीहरुलाई सीप सिकाएर एक लाख ६० हजार व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिंदै आएको छ । वार्षिक रुपमा ६५ अर्व बराबरको मेटल फेव्रिकेटिंग सम्वन्धी कामहरु भइरहेको छ । यो उद्योगमा अझै पनि दक्ष जनशक्तिको अभाब छ, अध्यक्ष कटुवाल थप्छन्, हामीले यसमा काम दिएर कति धेरै युवाहरुलाई विदेश जानबाट रोकेर यो काममा लगाइरहेका छौं । दक्ष जनशक्तिको अभाब भएका कारण महासंघले विभिन्न प्रशिक्षणहरु दिंदै आएको उनले जनाए ।
    यस्तो सम्भावनायुक्त व्यवसाय भए पनि सरकारले आफना समस्याहरुतिर ध्यान दिन नसकेको आरोप उनीहरुको छ । उनीहरुले ग्रिल तथा स्टील व्यवसायतिर समस्याको पहाड रहेको बताए । यसका लागि सरकारले सहयोग गर्नुपर्ने माग व्यवसायीहरुको थियो ।

    महासंघका वरिष्ठ उपाध्यक्ष निरञ्जनकुमार श्रेष्ठले यो क्षेत्रको सम्वद्र्धन र प्रबद्र्धनको लागि राज्यले उचित संरक्षणतिर ध्यान नदिंदा व्यवसायीहरु निराश रहेको बताए । भूकम्पमा खुला आकाशमुनि वस्न बाध्य मानिसहरुलाई फलामको अस्थायी भुईघर बनाएर दिने, वाढीपीडितहरुलाई राहत सामाग्री उपलव्ध गराउनेलगायतका सामाजिक कार्य पनि आफूहरुले गर्दै आएको जानकारी गराए ।

     

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुरका बासुले ल्याए मोबाइल हराउन नदिने ‘एप’

    भक्तपुरका व्यवसायी सुवास बासुले मोबाइल हराउन नदिने एप्लिकेशन भित्राएका छन् । उनले भारतमा लोकप्रिय रहेको...

    एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित...

    भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित...

    भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    krishna paudel CDO

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको...

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...