News Portal

  • भक्तपुरमा बाढी, करिब १ सय घर टहराहरुमा क्षति

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२५  साउन २०७९
    ५५९ पटक
    भक्तपुर,२५  साउन २०७९

    मंगलबार (हिजो) राती परेको अविरल बर्षाको कारण भक्तपुरका विभिन्न स्थानहरुमा मनोहरा खोला पसेपछि करिब १ सय  घर टहराहरुमा क्षति पुगेको छ । प्रभावित स्थानमा नेपाल प्रहरी र स्थानीयको सहयोगमा उद्दार कार्य गरिएको भक्तपुरका प्रहरी नायब उपरीक्षेक राजु पाण्डेले जानकारी दिए ।

    भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं ४ मनहरा खोला निलोपुल नजिक जिल्ला सुनसरी घर भई हाल स्थानमा बंगुर फर्म संचालन गर्ने हरी राईको बंगुर फर्मबाट खोलाले ४ वटा बंगुर बगाएको छ । चांगुनारायण नगरपालिका वडा नं १ दुवाकोट बेसी मनहरा खोला किनारका २० वटा घर टहरामा पानी पसी १ वटा टहराको ४ जना मानिसको उद्धार गरिएको पाण्डेले बताए ।

    मध्यपुर ठिमी नगरपालिका वडा नं २ मनहरा खोला किनारको बंगुर फर्ममा रहेका ५०० वटा हाँस , २०० वटा बंगुर र २ वटा गाई उद्धार गरि सुरक्षित स्थानमा सारिएको छ । मध्यपुर ठिमी नगरपालिका वडा नं १ मनहरा खोला किनारमा रहेको सुकुम्वासी बस्तीमा खोलाले कटान गरी माटोको ढिस्को खोलामा खस्दा खोलाको धार परिवर्तन भई ६० वटा घर टहरामा पानी पसेको छ ।

    मध्यपुर ठिमी नगरपालिका वडा नं२ सानोठिमी मनहरा खोला किनारमा टहरा भित्र रहेको २६ बोरा चामलमा पानी पसी क्षती भएको र गिरीराज कुखुराको चल्ला ४५ वटा बगाएको पाण्डेले बताए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...