News Portal

  • विद्यालय स्तरीय जिल्लाब्यापी वक्तृत्वकला प्रतियोगितामा डेन्श स्कूलकी युनिसा प्रथम

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २७ साउन २०७९
    १२१८ पटक
    भक्तपुर, २७ साउन २०७९

    भक्तपुर जिल्लाब्यापी अन्तर विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगितामा डेन्श इन्टरनेशनल स्कूलकी छात्रा युनिसा श्रेष्ठ प्रथम भएकी छन् । ‘फोहोर ब्यवस्थापनमा मेरो भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा ५५ विद्यालयका सहभागी प्रतिस्पर्धीलाई पछि पार्दै सूर्यविनायक- ३ बाल्कोट, नयाँबस्तीस्थित डेन्श सेकेन्डरी स्कूलको कक्षा १० मा अध्ययनरत छात्रा युनिसा प्रथम भएकी हुन् ।                                                                                                                              जिल्ला प्याब्सन भक्तपुरको आयोजनामा बिहीवार सम्पन्न प्रतियोगितामा उनले प्रथम स्थान हासिल गरेकी कार्यक्रम संयोजक वीणा पाण्डेले पुष्टि गरेकी छन् । चुनदेवी स्थित प्याब्सन सभाहलमा बिहीबार प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा ५५ विद्यालयले सहभागिता जनाएका थिए । उक्त अवसरमा प्रथम द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थी र विद्यालयलाई  ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत समेत गरिएको थियो । प्रतियोगितामा नोबेल स्कूलका सविन घिमिरेले द्वितीय स्थान प्राप्त गरेका थिए भने ग्ल्याड्स्टोनकी निप्ता भट्टराईले तृतीय स्थान प्राप्त गरेकी थिइन् । प्रतियोगितामा सान्त्वना समेत गरी १० जनालाई पुरस्कृत गरिएको आयोजकले जनाएको छ ।                                                                                                                कार्यक्रममा प्याब्सन बागमती प्रदेश उपाध्यक्ष सानुराजा कार्की, भक्तपुर जिल्ला अध्यक्ष सुरेन्द्र श्रेष्ठ,सचिव बिजय कर्माचार्य, सूर्यविनायक नगर प्याब्सनका अध्यक्ष दिनेश मैनाली लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...