News Portal

  • अक्सफोर्डमा कक्षा ११ का विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर,२ भदौ २०७९
    ५४८ पटक
    भक्तपुर,२ भदौ २०७९

    विगत २६ बर्षदेखी अनवरत रुपमा भक्तपुरको शिक्षा क्षेत्रमा योगदान गर्दै आएको भनपा-१ सल्लाघारीस्थित अक्सफोर्ड प्राक्टिलल स्कूलमा यो वर्षंंबाट कक्षा ११ को पढाई शुरु भएको छ । १०+२ अन्तर्गत कक्षा ११ को व्यवस्थापन संकायमा उत्साहजनक विद्यार्थीहरुको सहभागीतासहित कक्षा शुरु भएको हो ।                                                                        बुधबार कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई विषयगत जानकारी, परिचयात्मक एवम अभिमुखिकरण कार्यक्रम समेत सम्पन्न गरिएको शैक्षिक कार्यक्रम संयोजक निराजन सिलवालले बताएका छन् । विद्यालयका अध्यक्ष राम दुवालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सुवालले अक्सफोर्डले यहाँसम्म आइपुग्न गरेको शैक्षिक योगदानबारे बताउदै भावी योजना समेत सुनाएका थिए । आफ्नो विद्यालयका विभिन्न क्षेत्रमा छरिएका सफल र प्रेरणादायी विद्यार्थीहरुले प्राप्त गरेका सफलताले सबै विद्यार्थीहरुलाई मार्गनिर्देशन गर्ने समेत उनले विश्वास ब्यक्त गरे ।                                                           युएनवाइएसएनका अध्यक्ष , संचारकर्मी र  द युथ टाइम्सका सम्पादक मदन राईको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा विद्यार्थीहरुलाई कक्षा ११ को विषयगत परिचय , प्रेरणात्मक तथा जीवनवृती बारे अभिमुखिकरण गरिएको छ ।

    विद्यालयका शिक्षक शिव भुजुले विद्यार्थीहरुलाई स्वागत गर्दै अक्स्फोर्ड उनीहरुको लागि एक उत्तम अवसर भएको भनेका थिए । आजको यस प्रतिस्पर्धात्मक युगमा विद्यार्थीहरुले बिना संकोच प्रश्न गर्ने बानीले थप सिर्जनात्मक एवम क्रीयाशील बन्न मद्द्त गने बताउदै प्रमुख अतिथी राइले विद्यार्थीलाई जिज्ञासु बन्न प्रेरित गरेका थिए ।

    साथै विषयगत शिक्षक तथा विद्यार्थी परिचयात्मक कार्यक्रम समेत रहेको उक्त कार्यक्रममा विद्यालयले दिने सैद्धान्तिक र प्रयोगात्मक शिक्षण सिकाइका बारेमा विद्यार्थीहरुलाई अवगत गराइएको थियो ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...