News Portal

  • सानोठिमी क्याम्पसको प्राध्यापक संघमा प्राडा श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २ भदौ २०७९
    १०४० पटक
    भक्तपुर, २ भदौ २०७९

    त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको सानोठिमी क्याम्पस इकाई समितिले नयाँ नेतृत्व पाएको छ । प्राडा माधव श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

    सभापति निर्वाचित भएका प्राडा श्रेष्ठ नेकपा(माओवादी केन्द्र) निकट रहेको राष्ट्रिय प्राध्यापक संगठनमा आवद्ध प्राध्यापक हुन् । सभापति प्राडा श्रेष्ठ रहेको कार्यसमितिको उप सभापतिमा भने नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघका प्राध्यापक  शिव अर्याल निर्वाचित भएका छन् । सचिवमा अम्बरजंग लिम्बु, उपसचिव नरहरि आचार्य र कोषाध्यक्षमा लक्ष्मी जि.सि निर्वाचित भएका उक्त क्याम्पसमा प्राध्यापक समेत रहेका राष्ट्रिय प्राध्यापक संगठनका नेता उमेश लम्सालले जनाएका छन् । उनीहरू सबै राष्ट्रिय प्राध्यापक संगठनमा आवद्ध हुन् ।

    त्यसैगरी सदस्यहरुमा होमनाथ दाहाल, भुवन बोहरा, लोकनाथ तिमिल्सिना, रुद्रहरी ज्ञवाली, प्रतिमा थपलिया र ईश्वरी शर्मा निर्वाचित भएका बताइएको छ । विद्यार्थी नेता रेशमलाल श्रेष्ठले दिएको जानकारी अनुसार क्याम्पसका ५४ प्राध्यापकले गोप्य मतदानबाट प्राध्यापक संघको कार्यसमिति यस अघि नै निर्वाचित गरेका थिए । बिहीबार सो कार्यसमितिले पदाधिकारी टुंगो लगाएको हो ।

     

     

     

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...