News Portal

  • प्रेस युनियनमा केन्द्रीय सदस्य निर्वाचित आचार्यलाई भक्तपुर कांग्रेसको सम्मान

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ४ भदौ २०७९
    ४६३ पटक
    भक्तपुर, ४ भदौ २०७९

    नेपाली कांग्रेस निकट पत्रकारको संस्था नेपाल प्रेस युनियनमा केन्द्रीय सदस्य निर्वाचित भक्तपुरका पत्रकार पेशल आचार्य सम्मानित भएका छन् । उनलाई नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले एक कार्यक्रमका बीच सम्मान गरेका हुन् ।

    पहिलोपटक भक्तपुरको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा लोकप्रिय मतले निर्वाचित आचार्यलाई जिल्ला पार्टीको तर्फबाट बधाई दिदै सभापति थापाले बिचार बिनाको पत्रकार हुन नसक्ने बताए । लोकतन्त्रको रक्षा र जनताको हित प्रवर्द्धनमा पत्रकारले खबरदारी गरिराख्नुपर्ने भन्दै उनले प्रेस युनियनले त्यसको नेतृत्व गर्ने विश्वास ब्यक्त गरे । कार्यक्रममा भक्तपुर कांग्रेसका नेताहरु त्यसैगरी पत्रकार रमेश खड्का र पुष्करराज बुढाथोकी लगायतको उपस्थिति रहेको थियो । पार्टीको सहि बिचार प्रवाह  गर्ने बलियो सस्थाको रुपमा प्रेस युनियन रहेको र पार्टी निकट पत्रकारलाई पार्टीले सम्झिनु स्वागतयोग्य भएको प्रेस युनियनका  भक्तपुर अध्यक्ष रोशन सिल्पकारले प्रतिक्रिया दिएका छन् ।

    उक्त अवसरमा सम्मानित पत्रकार पेशल आचार्यले लोकतन्त्रको मूल मर्मलाई आत्मसात गर्दै जनताको पक्षमा कलम चलाइरहने प्रतिवद्धता प्रकट गरेका थिए । हेटौंडामा गत साउन ६ र ७ गते सम्पन्न भएको प्रेस युनियनको नवौं महाधिवेशनबाट आचार्य केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । अध्यक्ष अनिता बिन्दुको प्यानलले पराजय ब्यहोर्नुपर्दा सोही प्यानलबाट निर्वाचित हुने आधा दर्जन उम्मेदवारमा आचार्यले आफ्नो नाम दर्ज गराउन सफल भएका थिए । गठ्ठाघर निवासी पत्रकार आचार्य नेपाल अर्थ अनलाइनमा आवद्ध रही क्रियाशील पत्रकारिता गरिरहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...