News Portal

  • ब्यापारीको विद्यालय काठमाडौ वर्ल्डमा ग्याङ्फाइट

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १५ भदौ २०७९
    १५८१ पटक
    भक्तपुर, १५ भदौ २०७९

    भक्तपुरको सूर्यविनायक-७ गुण्डुस्थित काठमाडौ वर्ल्ड स्कूलमा ग्याङ्फाइट भएको छ । नेपालका धनाढ्य ब्यापारी बिनोद चौधरीका भाइ अरुण चौधरीले पैसा कमाउन खोलेको विद्यालयमा विद्यार्थी बीच ग्याङ्फाइट भएको हो ।

    कक्षा १२ मा पढ्ने एक विद्यार्थीले मंगलवार बाहिरी केटाहरू बोलाएर अर्का स्थानीय विद्यार्थीलाई कुटेका थिए । त्यसको बदला लिने भन्दै कुटाइ खाने विद्यार्थीले बुधवार आफ्ना पक्षका केटाहरु बोलाएपछि विद्यालय क्षेत्र तनाव ग्रस्त बनेको छ । घटनालाई बढ्न नदिन प्रहरी परिचालन गरिएको छ । विद्यालय प्रशासनले घटना गुपचुप पार्ने हर सम्भव प्रयास गरिरहेको बताइएको छ । अहिले दुई पक्षबीच वार्ता भैरहेको भक्तपुर पोस्ट श्रोतले बताएको छ ।

    शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय र राष्टिय परीक्षा बोर्डको आचारसंहिता विपरित भट्किलो विज्ञापन गरेर विद्यार्थी र अभिभावकलाई भ्रमित पार्दै काठमाडौ वर्ल्ड स्कूलले पछिल्लो समय धेरै विद्यार्थी भर्ना गरेको छ । क्वालिटीको नाममा पैसा मात्र हेर्ने विद्यालयको नीति नबुझ्दा स्थानीय जनप्रतिनिधि नै यस स्कूलको एजेण्ट बनेर विद्यार्थी भर्नाका लागि उक्साउदै आएका छन् । आफ्ना बालबालिकाको उज्वल भविष्यको आशामा यस स्कूलमा लाखौ तिर्न बाध्य बनेका अभिभावक भर्नापछि पछुताउनुको विकल्प भने देखिएको छैन ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...