News Portal

  • कटुन्जेमा बाख्राले ५ पाठापाठी पाएपछि किसान दङ्ग

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १५ भदौ २०७९
    ७३१ पटक
    भक्तपुर, १५ भदौ २०७९

    भक्तपुरको सूर्यविनायक-५ कटुन्जेमा एक किसानले पालेको बाख्राले ५ वटा पाठापाठी पाएको छ । आफूले पालेको बाख्राले एकैबेतमा ५ वटा पाठापाठी पाएपछि उनी दङ्ग देखिएकी छन् ।                                                                              स्थानीय मीना भुजुले पालेको बाख्राले बुधवार ५ वटा पाठापाठी पाएको हो ।  यस अघि ३ बटा सम्म पाठापाठी जन्माएको स्मरण गर्दै भुजुले यसपटक भने ५ वटा पाठापाठी पाएको बताइन् । उनले बताए अनुसार जन्मिएका पाठापाठीमा ३ पाठी र २ पाठा रहेका छन् र उनीहरुको स्वास्थ्य अवस्था राम्रो रहेको छ ।                                                                                            बाख्रापालनबाट आयआर्जन गर्दै आएकी भुजु नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका सचिव अमर भुजुकी पत्नी हुन् । बाख्राका ५ पाठापाठी देख्दा आफ्नो पत्नीको मुहारमा खुशी छाएको उनले सुनाए । किसानहरूलाई यस्तै उन्नत जातको बाख्रा बाड्न सके किसानले श्रम अनुसारको प्रतिफल पाउनसक्ने उनको भनाइ छ । स्थानीय सरकारले किसानलाई सुखी र खुशी पार्न योजना ल्याउनुपर्नेमा जोड दिदै उनले भने, ” किसान साना खुशीमै रमाउछन् तरपनि सरकारले किसानलाई खुशी दिन सकेको छैन।” मीना भुजुले स्थानीय सरकारले आफ्नो बाख्राको नश्ल बिकासको योजना ल्याए उपहास्वरुप हस्तान्तरण गर्ने समेत मनसाय ब्यक्त गरेकी छन् ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...