News Portal

  • होटल ब्यवसायी बकेको नेतृत्वमा बन्यो नेपाल उद्योग व्यापार महासंघ भक्तपुर

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १५ भदौ २०७९
    १४३० पटक
    भक्तपुर, १५ भदौ २०७९

    नेपाल उद्योग व्यापार महासंघको भक्तपुर जिल्ला भेलाबाट होटल ब्यवसायी राम सुन्दर बकेको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ । बुधबार सम्पन्न प्रथम जिल्ला भेलाबाट बकेको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित भएको हो । नवनिर्वाचित अध्यक्ष बके सूर्यविनायकको रानीकोट्स्थित होटल हाइल्याण्ड रिसोर्टका संचालक हुन् ।

    कार्यसमितिको उपाध्यक्षमा सानुराजा कार्की, राजेन्द्र आगंजा र शान्ति केसी निर्वाचित भएका छन् भने महासचिवमा सोनाम मानान्धर त्यसैगरी सचिवमा राजु कुटु र दिल कुमार बाला निर्वाचित भएका बताइएको छ ।                                                                                                        
    कोषाध्यक्ष बिकास लाखे रहेको उक्त कार्यसमितिमा सह कोषाध्यक्ष भने कृष्णमान प्रजापति रहेका छन् । अध्यक्ष लगायत सिङ्गो कार्यसमिति नै निर्विरोध निर्वाचित भएको नवनिर्वाचित सचिव राजु कुटुले जानकारी दिए । अर्थ राजनीतिका विज्ञ एवं नेता डिपी ढकालको प्रमुख आतिथ्यता रहेको भेलामा नेपाल उद्योग व्यापार महासंघको केन्द्रीय तथा प्रदेश प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...