News Portal

  • मध्यपुर थिमिबाट बाह्रबिसे पुगे प्रमुख प्रशासकीय अधिकृत पन्थी

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २१ भदौ २०७९
    ९३२ पटक
    भक्तपुर, २१ भदौ २०७९

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाबाट सरुवा भई प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थी सिन्धुपाल्चोकको बाह्रबिसे पुगेका छन् । मध्यपुरबाट रमाना लिई सोमबार बाह्रबिसे पुगेका  प्रमुख प्रशासकीय अधिकृत पन्थीलाई नगर प्रमुख बालकृष्ण बस्नेतको नेतृत्वमा नगरपालिकामा भब्य स्वागत गरिएको छ ।

    बाह्रबिसेमा कार्यभार सम्हाल्दै प्रमुख प्रशासकीय अधिकृत पन्थीले नगरपालिकाको समग्र बिकास र सुशासनका लागि थप योगदान गर्ने बताएका छन् । जनसेवालाई अर्जुन दृष्टि बनाएर सेवाग्राहीले अपेक्षा गरेबमोजिम छिटोछरितो र राम्रो सेवा प्रदान गर्ने उनले प्रष्ट पारेका छन् । मंगलवार नै नगरपालिकाको सय दिने उपलब्धि सार्वजनिक कार्यक्रममा समेत उनी सहभागी भएका छन् ।

    मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत विजयराज सुबेदीले पन्थीलाई एक कार्यक्रम गरि आइतबार बिदाई गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत पन्थी भक्तपुरको सूर्यविनायक-५ का बासिन्दा हुन् । सरल स्वभाव र मिलनसार ब्यवहारका कारण उनी भक्तपुरमा स्थानीय माझ लोकप्रिय रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...