News Portal

  • भक्तपुरमा विपद पूर्व तयारी तथा प्रतिकार्य योजना स्वीकृत : डेंगु विरुद्ध विशेष अभियान चलाइने

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ३१ भदौ २०७९
    ५३० पटक
    भक्तपुर, ३१ भदौ २०७९

    भक्तपुर जिल्ला विपद व्यवस्थापन समितिले विपद पूर्व तयारी तथा प्रतिकार्य योजना-२०७९ स्वीकृत गरेको छ । चालु वर्षमा विपद जोखिम न्यूनीकरण तथा विपदको समयमा खोज, उद्धार र राहत सम्बन्धी कार्यलाई व्यवस्थित गर्न सिडिओ रुद्रादेवी शर्माले पेश गरेको विपद पूर्व तयारी तथा प्रतिकार्य योजना-२०७९ समितिले सर्वसम्मत स्वीकृत गरेको हो ।

    बिहीवार सम्पन्न जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा समितिको अध्यक्ष एवं सिडिओ रुद्रादेवी शर्माले सामुहिक प्रयासबाट मात्र विपदको जोखिम न्यूनीकरण र प्रतिकार्य प्रभावकारी हुने प्रष्ट पारिन । विपद जुनसुकै समयमा पर्नसक्ने सम्भावना भएकोले त्यसका विरुद्ध पूर्व तयारीका लागि स्थानीय सरकारहरुसंग समन्वय गरी अघि बढ्ने उनले बताइन । उनले विपद जोसुकैलाई पनि पर्न सक्ने भएकोले समुदायलाई सचेत र एकतावद्ध बनाएर अघि बढ्नुपर्ने आवश्यकता औल्याइन ।

    बैठकमा अहिले देखिएको डेंगु महामारीको रुपमा नरहेको पनि बताइएको छ । जिल्लामा ५ सय १० डेंगुका बिरामी भएको जानकारी गराउदै सिडिओ शर्माले डेंगु नियन्त्रण बाहिर नरहेको  बताएकी हुन् । बैठकले डेंगु फैलाउने लामखुट्टेलाई ‘खोज र नष्ट गर’ अभियान चलाउने समेत निर्णय गरेको सहायक सिडिओ माधवप्रसाद शर्माले जानकारी दिए । त्यसैगरी सर्वसाधारणलाई डेंगुबाट कसरी बच्ने भन्ने जानकारी गराउने उदेश्यले चेतनामूलक सूचना प्रवाह गर्ने प्रवन्ध मिलाउने समेत निर्णय गरिएको छ । उक्त बैठकले डेंगु बिरामीको प्रभावकारी उपचार भए नभएको अनुगमन गर्ने र निजी अस्पतालहरुको मनोमानी शुल्क नियन्त्रण गर्ने समेत निर्णय गरेको छ ।

    बैठकमा राजनीतिक दलका प्रतिनिधिहरुले डेंगुबारेका भ्रम र यथार्थ बारे प्रश्न राखेका थिए भने वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजार र भक्तपुर अस्पतालकी मेसु डा सुमित्रा गौतमले त्यसबारे प्रष्ट पारे ।

    उक्त अवसरमा जिसस उपप्रमुख, मध्यपुर थिमिका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, सूर्यविनायककी उपप्रमुख सरिता तिम्सिना भट्टराई, चाँगुनारायणका प्रमुख प्रशासकीय अधिकृत र भक्तपुर नगरपालिकाका प्रतिनिधि एवं वडाध्यक्ष श्यामकृष्ण खत्रीले स्थानीय सरकारले डेंगु नियन्त्रणमा गरेका प्रयासबारे जानकारी गराउदै भावी योजना प्रस्तुत गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...