दक्षिण एसियाली फुटबल महासंघ ९साफ० महिला च्याम्पियनसिपको उपाधिका लागि सोमबार घरेलु टोली नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । दशरथ रंगशालामा हुने खेलमार्फत दुवै टोली पहिलोपटक साफ च्याम्पियन बन्ने लक्ष्यमा छन् । १२ वर्षअघि सुरू यो प्रतियोगितामा नेपालले पाँचौपटक र बंगलादेशले दोस्रो पटक फाइनल खेल्न लागेका हुन् ।
साफमा नेपाल र बंगलादेश यसअघि तीनपटक आमनेसामने भएका छन् । २०१० र २०१९ मा नेपाल समान ३–० को नतिजामा विजयी भएको थियो । २०१४ मा भने नेपाल १–० ले विजयी भएको थियो । साफमा नेपाल अहिलेसम्म बंगलादेशसँग हारेको छैन । त्यो लयलाई नेपाल फाइनलमा पनि निरन्तरता दिन चाहन्छ ।