News Portal

  • भक्तपुरका पत्रकारले कालो पट्टी बाँधेर निर्वाचनको समाचार संकलन गर्ने

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर,१५ असोज २०७९
    ७७६ पटक
    fnj bhaktapurभक्तपुर,१५ असोज २०७९

    निर्वाचन आयोगले नेपाली सेना र प्रहरीबाट मिडिया अनुगमन गर्ने तयारी गरेपछि पत्रकारहरु विरोधमा उत्रिएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले सोको विरोध गर्ने औपचारिक निर्णय नै गरेको छ ।

    कार्यसमितिको शनिवार सम्पन्न नवौं बैठकले निर्वाचन आयोगको उक्त कदम संविधान र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध रहेको ठहर गर्दै हातमा कालो पट्टी बाँधेर निर्वाचनको समाचार संकलन गर्ने निर्णय गरिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका सचिव संजीप घिमिरे शुभचिन्तकले जानकारी दिए । सचिव शुभचिन्तकले जनाए अनुसार प्रेस अफिस सम्बन्धी प्रेस प्रतिकूल व्यवस्था नसच्याए सम्म निर्वाचन आयोग र जिल्लास्थित निर्वाचन कार्यालयमा समाचार संकलन गर्दा हातमा कालो पट्टी लगाएर विरोध प्रदर्शन गर्ने निर्णय गरिएको हो ।

    नेपालमा मिडिया अनुगमन गर्ने निकाय प्रेस काउन्सिल हुदाँहुदैं निर्वाचन आयोग आफैंले क्षेत्राधिकार भन्दा बाहिर गएर सेना र प्रहरी सम्मिलित संयन्त्र निर्माण गरी प्रेस अनुगमन गर्ने काम लोकतान्त्रिक व्यवस्थामा स्वीकार्य हुन नसक्ने उनको भनाइ छ । यथाशीघ्र गलत निर्णय सच्याउन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न निर्वाचन आयोगलाई आग्रह गरिएको सचिव शुभचिन्तकले बताए ।

    कावा अध्यक्ष सुन्दर सिल्पकारको अध्यक्षतामा सम्पन्न सो बैठकले नगरकोटलाई पर्यटकीय गन्तव्यस्थल घोषणा गर्न र भक्तपुर–नगरकोट सडकको काम यथाशीघ्र सम्पन्न गर्न महासंघ केन्द्रले जारी गरेको नगरकोट घोषणा पत्रको मर्म अनुरुप सो सम्बन्धी व्यवस्थाको लागि भक्तपुर शाखाले आवश्यक पहल गर्ने समेत निर्णय गरेको सहसचिव हेमराज ढकालले जानकारी दिए । त्यसैगरी बैठकले निर्वाचनमा निर्वाध समाचार संकलनको व्यवस्था मिलाउन प्रशासन र प्रहरी लगायतसंग प्रभावकारी समन्वय गर्ने, चाडपर्वको मौका छोपी हुनसक्ने कालोबजारी, चोरी,लुटपाट जस्ता अपराध नियन्त्रणका लागि सहकार्य गर्ने, डेंगी रोगका कारण बिरामी पत्रकार लगायत आम नागरिकको स्वास्थ्य लाभको कामना गर्दै उपचारको अनुगमन गर्ने समेत निर्णय गरेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...