News Portal

  • उद्धार गर्नेलाई नै उद्धार गर्नुपर्ने नहोस् : सिडिओ शर्मा

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ३० असोज २०७९
    १०९८ पटक
    भक्तपुर, ३० असोज २०७९

    भक्तपुरको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उद्धार गर्नेलाई नै उद्धार गर्नुपर्ने अवस्था आउनु नहुने बताएकी छन् । विपतको बेला उद्धारका लागि परिचालित हुने जनशक्तिको दक्षता र  योग्यतामा जोड दिदै उनले सोकुरा बताएकी हुन् ।

    आइतबार जिल्ला प्रशासन कार्यालय भक्तपुर द्वारा आयोजित आगलागी नियन्त्रण प्रतिकार्य अभ्यासको समापन कार्यक्रमलाई इन्द्रबक्स गणमा सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले सम्भावित विपतको बेला हुने अलमललाई अन्त्य गर्दै प्रभावकारी उद्धारका लागि अभ्यासको आवश्यकता र महत्व माथि प्रकाश पारिन्  । उनले यस्ता खाले अभ्यासले उद्धार टोलिका सदस्यबीच समन्वय हुने र एकआपसका अनुभव बाट उद्धार कार्य सरल र सहज बन्ने बताइन् । सिडिओ शर्माले उद्धारका लागि आवश्यक साधन श्रोतको उपलब्धता र उद्धारकर्ताको योग्यता, दक्षता र क्षमता विकासका लागि तीनै तहका सरकारले सहयोग गर्ने विश्वास ब्यक्त गरिन् । उनले जिल्लामा सक्षम उद्धार टोलि हुँदा अन्य जिल्लामा समेत उद्धारमा पठाउन सकिने भएको भन्दै सक्षम उद्धारकर्ता उत्पादनको आवश्यकता औल्याइन ।

    उक्त अवसरमा सम्भावित आगलागी नियन्त्रणका लागि तयार पारिएको उद्धार टोलीले अभ्यास प्रदर्शन गरेको थियो । ३ दिनसम्मको तालिमबाट प्राप्त ज्ञान उनीहरुले अभ्यासका क्रममा प्रदर्शन गरेका थिए ।

    अभ्यासको अवलोकन र हौसलाका लागि नेपाली सेनाका सहायक रथी बिष्णुबहादुर खड्का र इन्द्रबक्स गणका गणपति श्यामराजा बिक्रम थापा, सशस्त्र प्रहरी बल २२ नम्बर गणका गणपति नरबहादुर रावत, जिल्ला प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजु पाण्डे, भक्तपुर अस्पतालकी निमित्त मेसु डा सुमित्रा गौतम, जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरका प्रमुख बिजय धौभडेल लगायतको उपस्थिति रहेको थियो । अभ्यासमा सेना,प्रहरी, रेड्क्रस, अस्पताल, दमकल र आरएनए १६ का सदस्यहरुले आफ्नो कौसल प्रदर्शन गरेका प्रशिक्षक अरुण सैजुले बताए ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...