News Portal

  • पाकिस्तानका जनप्रतिनिधि सहितको टोली भक्तपुर भ्रमणमा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १ कार्तिक २०७९
    ४०० पटक
    pakistan in bhaktapurभक्तपुर, १ कार्तिक २०७९

    छिमेकी मित्रराष्ट्र इस्लामिक गणराज्य पाकिस्तानको एक प्रतिनिधि टोलीले भक्तपुर नगरको अवलोकन भ्रमण गरेको छ । स्वात स्थानीय सरकार प्रमुख रहेका मेयर शाहीद अली सहितको प्रतिनिधिमण्डल टोलीले भक्तपुर नगरको अवलोकन भ्रमण गरेको हो ।

    प्रमुख सुनिल प्रजापतिले मंगलबार २० सद्स्यीय उक्त टोलीलाई भादगाउँले टोपी लगाइदिएर नगरपालिकामा स्वागत गरेका थिए । स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले जनप्रतिनिधिहरुको भ्रमणहरुको आदानप्रदानले दुई देशको मित्रतालाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्दै नेपाली जनता र पाकिस्तानी जनताले भोग्दै आइरहेको समान किसिमका समस्या समाधानमा समेत यसले मद्दत मिल्ने बताए ।

    प्रमुख प्रजापतिले नेपाल मजदुर किसान पार्टी वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्यले स्थापना भएको कम्युनिष्ट पार्टी भएको र सोही पार्टीबाट सबै जनप्रतिनिधि निर्वाचित भएको भन्दै पार्टीको नीति अनुरुप नगरपालिकाले समाजवादको अभ्यास गरिरहेको जानकारी गराए ।

    प्रमुख प्रजापतिले विकास निर्माण र सम्पदा संरक्षणको काम नगरपालिकाले स्थानीय जनता परिचालन गरी गर्दै आएको र स्थानीय जनतालाई रोजगारीको सृजना, संरचनामा जनताको अपनत्व र गुणस्तरीय निर्माणकार्यका कारण विकास निर्माणको काम सफलतापूर्वक सञ्चालन गर्न सम्भव भएको बताए । उनले उत्पादनका साधनहरु सामाजिकीकरण गर्ने, शिक्षा र स्वास्थ्य उपचारको जिम्मेवारी राज्यले लिनुपर्ने मान्यता अनुसार जनप्रतिनिधिहरुले काम गर्दै आइरहेका जानकारी गराए ।

    उक्त अवसरमा पाकिस्तानको स्वात नगरका मेयर शाहीद अलीले भक्तपुर नगरले गरेको सौहार्दपूर्ण स्वागतको लागि धन्यवाद ज्ञापन गर्दै नगरपालिकाको सेवा प्रवाह र संगठन स्वरुप तथा कार्यशैलीबाट आफूहरु निकै प्रभावित भएको भनेका थिए । नेपाल–पाकिस्तानबीचको सम्बन्ध अगामी दिनहरुमा अझ सुमधुर रहने विश्वास प्रकट गर्दै उनले भक्तपुर भ्रमण निकै उत्साहप्रद र उपलब्धीपूर्ण भएको प्रतिक्रिया दिए ।

    कार्यक्रममा पाकिस्तानका प्रतिनिधिहरूले भक्तपुरको साक्षरताको अवस्था, भक्तपुर नपाबाट सञ्चालित कलेज तथा अन्य संघ संस्थाहरुमा महिला सहभागिता, नगरपालिकाको प्रशासनिक संगठन संरचना, भक्तपुर नपाको स्रोत तथा बजेट व्यवस्थापन र भक्तपुर नपा र देशका अन्य स्थानीय तहहरुबीचको अन्तरसम्बन्धबारे जिज्ञासाहरु राखेका नगरपालिकाले जनाएको छ ।

    उक्त अवसरमा भक्तपुरकी उपप्रमुख रजनी जोशी, वडाध्यक्ष रवीन्द्र ज्वाख्व, श्यामकृष्ण खत्री लगायतको उपस्थिति  रहेको थियो । त्यसैगरी पन्जाब स्थानीय सरकार एकेडेमीका निर्देशक नजिब इस्लाम, स्थानीय सरकार र समुदायका लागि काम गर्दै आएका संघसस्थाका प्रतिनिधिहरु फारुक अहमद,अर्सनल अली लगायत खैबर पख्तुनख्वा र पन्जाब प्रान्तमा सञ्चालित जी.आई.जेड. पाकिस्तानको स्थानीय सरकार सहयोग कार्यक्रमका कर्मचारी र स्थानीय सरकारका प्रतिनिधिहरू उपस्थित रहेका थिए ।

    उक्त टोलीलाई उपप्रमुख जोशीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज, ख्वप मावि, ख्वप अस्पताल, ख्वप इन्जिनियरिङ तथा ख्वप कलेज अफ इन्जिनियरिङ कलेजको स्थलगत अवलोकन भ्रमण गराएकी थिइन् ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...