News Portal

  • गठबन्धनमा उत्साह नदेखिएको एमाले उम्मेदवार बस्नेतको दावी, तेब्बर मतान्तरले जित्ने जिकिर

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १६ कार्तिक २०७९
    ५२१ पटक
    भक्तपुर, १६ कार्तिक २०७९

    आगामी मंसिर ४ गतेको निर्वाचनबाट आफूले तेब्बर मतान्तरले निर्वाचन जित्ने भक्तपुर क्षेत्र नं. २ का एमाले उम्मेदवार महेश बस्नेतले बताएका छन् । आफ्नो मुख्य प्रतिष्पर्धी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार दुर्लभ थापालाई तेब्बर मतान्तरले पराजित गर्ने उनले उद्घोष गरेका हुन् ।

    मंगलवार जिल्लाका पत्रकारलाई गठ्ठाघरमा बोलाएर पूर्व मन्त्री एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य समेत रहेका उम्मेदवार बस्नेतले गठबन्धनमा चुनावी उत्साह नदेखिएको दावी गरे । माओवादी केन्द्रको आफ्नो कुनै उम्मेदवार नहुँदा र काँग्रेसभित्र पनि उम्मेदवार चयनको विषयलाई लिएर असन्तुष्टि रहँदा गठबन्धनका कार्यकर्ता थप निराश र शिथिल बन्ने क्रम बढ्दै जाने उनले प्रक्षेपण गरे । ”निर्वाचन घोषणा हुँदा हामीले डबल मतले जित्छौं भनेका थियौ तर, गठबन्धनका उम्मेदवार र उनीहरुको कार्यकर्तामा व्याप्त निराशाका कारण तेब्बर मतान्तरले जित्ने भयौं ।” उनले उद्घोष गरे ।

    एमाले उम्मेदवार बस्नेतले आफ्नो क्षेत्रमा पार्टीले आफूलाई काठ क्षेत्रबाट त्यसैगरी प्रदेश सभा १ मा जनजाति र प्रदेशमा २ मा नेवा उम्मेदवार दिनुका साथै समानुपातिकमा समेत महिला र नयाँ बस्तीको प्रतिनिधित्व हुनेगरी उम्मेद्वारी दिएर सबेशी बनाएको बताए । उनले आफ्ना कार्यकर्ता उत्साहित रहेर चुनावी लहर ल्याएको दावी गर्दै सयौं बुद्धिजीवी र स्थानीय नागरिक अगुवा एमालेमा समाहित हुने क्रम बढ्दै गएको बताए ।

    उनले बिगतमा आफूले सांसद हुँदा गरेको बिकास निर्माण र योजना कार्यान्वयन नै आफ्नो जीतको मुख्य आधार हुने उल्लेख गरे । आफूले भक्तपुरमा बिकासको लहर ल्याएको दावी गर्दै उनले त्यसलाई अनुमोदन गर्न जनताले तेब्बर मतान्तरले जिताउने बिश्वास व्यक्त गरे । उक्त अवसरमा एमाले जिल्ला अध्यक्ष बचन देउजाको समेत उपस्थिति रहेको थियो ।

    कार्यक्रममा प्रतिनिधि सभाका उम्मेद्वार महेश बस्नेत त्यसैगरी उक्त क्षेत्रका प्रदेश सभा १ सूर्यविनायक क्षेत्रका उम्मेदवार किरण थापामगर र २ मथ्यपुर थिमी क्षेत्रका उम्मेदवार चन्दन कृष्ण श्रेष्ठले आफ्नो चुनावी एजेन्डा र ३० प्रतिवद्धताहरु प्रस्तुत गरेका थिए । जुन निम्नबमोजिम रहेका छन् ः

    १. जिल्लामा नै रोजगारीको लागि उद्योगको स्थापना,
    २. पर्यटन, धर्म तथा संस्कृतिलाई व्यापक विकास र विस्तार गरी उद्योगसँग जोड्ने,
    ३. कला, धर्म, संस्कृतिको रक्षा एवं सम्वद्र्धन,
    ४. ध्वंसको माध्यमलाई रोक्दै पुरानो वस्तीलाई संरक्षण गर्दै नयाँ वस्तीको विकास गर्ने, नक्सा पास र कित्ता काटसम्बन्धी भएका समस्या समाधान गर्ने,
    ५. आधुनिक सहरको विकास गर्ने÷स्मार्ट सिटी बनाउने,
    ६. सूर्यविनायक र मध्यपुर नगरपालिकालाई महानगरपालिका बनाउने, जसको लागि आवश्यक पूर्वाधार निर्माण गर्ने,
    ७. जनचाहना अनुसार जिल्लामा विकासको लहर नै चलाउने, आधुनिक सभागृह, रंगशाला, कर्बोड हल, विभिन्न प्रकारका खेल मैदान, मनोहरा, हनुमन्तेसहित सात वटा करिडोर, प्राणी उद्यान केन्द्र्रको निर्माण गर्ने, क्यान्सर अस्पताललाई क्यान्सर सेन्टरको रुपमा विकास गर्ने, मानव अंग प्रत्यारोपण केन्द्रको आधुनिक तवरले विकास तथा विस्तार गर्ने, आधुनीक वीर अस्पताल लगायतका योजनाहरुलाई सफल बनाउने,
    ८. महिला उद्यम घर तथा वृद्धवृद्धा विश्राम स्थलको निर्माण गर्ने,
    ९. ढल, खानेपानी, सडक, शिक्षा, स्वास्थ्य, विद्युतको व्यापक विकास गर्ने, जिल्लालाई नयाँ युगको शुभारम्भ गराउने,
    १०. टिनएजका युवा युवती (१६ देखी २५ वर्षसम्मका)लाई समाज नेतृत्वदायी भूमिकामा ल्याउने, प्रविधिसँगै समाजमा घुलमिल गराउने,
    ११. संसदमा भक्तपुरका जनताको आवाज बुलन्द गर्ने,
    १२. एमालेका उम्मेदवारले भक्तपुरलाई सिंहदरवार र हेटौंडासँग जोड्नेमात्र नभई महत्वपूर्ण नेतृत्व गर्ने,
    १३. सांसद भनेको विधि निर्मातामात्र नभई विकास निर्माणको पहलकर्ता बन्ने,
    १४. संघ तथा प्रदेशबाट विनियोजन हुने बजेटलाई जिल्लाको अधिकतम् हितको लागि उपयोग गर्ने,
    १५. राष्ट्रघाती कमद (एमसीसी, एसपीपी, नागरिकता विधेयक)को विरुद्धमा शसक्त रुपमा विरोध गर्ने,
    १६. असंलग्नताको पक्षमा एमाले अडिक रहने, महाशक्ति राष्ट्रहरु बिचको खेलमैदानको रुपमा नेपाललाई प्रयोग हुन नदिने,
    १७. एमालेको नेतृत्वमा गुमेको भूमि (लिपुलेक, कालापानी र लिम्पियाधुरा)लाई फिर्ता ल्याउन संसदमा विशेष भूमिका निर्वाह गर्ने,
    १८. नेपाललाई हिजोको नाकावन्दीलाई अबका दिनमा कसैले पनि लगाग्ने, भुपरिवेष्ठित मुलुकबाट भुजडित मुलुक बनाएको,
    १९. शुसासन स्थापनालाई विशेष रणनीतिका साथ अगाडी बढ्ने, महंगी नियन्त्रण गर्ने,
    २०. अर्थतन्त्रलाई सुधार गर्ने, विभिन्न प्रकारका विनाधितो सहुलियत दरमा ऋण उपलब्ध गराउने,
    २१. सुकुम्वासी समस्याको स्थायी समाधान गर्ने,
    २२. भक्तपुर ज्ञान केन्द्र र बुद्धिजीविहरुको बासस्थान भएकाले त्यसलाई नीति निर्माण, बजेटमा उपयोग गर्ने,
    २३. विकासको लागि राज्यको श्रोत तथा साधनलाई अधिकतम् उपयोग गर्ने,
    २४. नीजि क्षेत्रसँग सहकार्य गरी प्राकृतिक विपत्तीलाई रोक्न र न्युनिकरण गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने,
    २५. भूमाफियाले कब्जा गरेको सार्वजनिक जग्गा फिर्ता ल्याउने, जिल्लामा विभिन्न प्रकारका सफाई अभियान चलाउने,
    २६. भक्तपुरलाई उज्यालो सडक तथा हरियाली, सौन्दर्ययुक्त सडक निर्माण गर्ने,
    २७. सूर्यविनायक–धुलिखेल सडकको स्तरउन्नती गर्ने,
    २८. शिक्षा तथा तालिमको व्यवस्था गर्ने, इ–लाइव्रेरीको शुभारम्भ गर्ने,
    २९. साँगादेखी अनन्तलिङ्गेश्वर, रानीकोटसम्मको माथिल्लो भेगलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने,
    ३०. हनुमन्तेलगायतका जग्गा एकीकरण आयोजना सञ्चालन गरी हनुमन्ते करिडोर निर्माण गर्ने ।

    प्रतिकृया दिनुहोस्

    हुण्डी कारोबारको आरोपमा राधेराधेबाट मानिस पक्राउ

    भक्तपुरको मध्यपुर थिमि-९ राधेराधेमा हुण्डी कारोबारको आरोपमा मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको...

    बुद्ध बोलीमा नभई ज्ञानमा र हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बालेनको विचार

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) बेलाबखत सामाजिक संजाल तताईरहन्छन । बुधवार पनि उनले सामाजिक संजाल...

    भक्तपुर नगरपालिकामा रोजगारीको अवसर

    bhaktapur municipality

    जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले कम्प्युटर अपरेटर, सवारी चालक, हेल्पर...

    सकियो दसैं बिदा, आजबाट सरकारी कार्यालय खुल्ने

    बडा दसैंको सार्वजनिक बिदा सकिएको छ । दसैंमा बन्द सरकारी कार्यालय मंगलबार खुल्ने भएका छन्...

    अरनिको राजमार्गमा ५० किलोको पहिरो पन्छाइयो

    अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । गएराति करिब १० बजेदेखि अवरुद्ध काभ्रे पाँचखाल-८ पचास...