News Portal

  • लौरो चिह्न पाएका स्वतन्त्र उम्मेदवारले गरे एमालेका महेश बस्नेतलाई समर्थन

    निशा कुस्मा / भक्तपुर पोस्ट भक्तपुर, २४ कार्तिक २०७९
    ४२६ पटक
     भक्तपुर, २४ कार्तिक २०७९

    काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साह समूहका भनिएका स्वतन्त्र उम्मेदवारले भक्तपुरमा भने आगामी मंसीर ४ गते हुने निर्वाचनमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई समर्थन गर्ने घोषणा गरेका छन् । बुधबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा भक्तपुर क्षेत्र नं. २ मा प्रतिनिधि सभा तर्फ लौरो चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका लोकेन्द्र पोखरेलले आफ्नो उम्मेदवारी खारेज गर्दै एमालेका महेश बस्नेतलाई समर्थन रहेको उद्घोष गरेका हुन् ।

    पत्रकार सम्मेलन गर्दै उनले भने, “देशमा रास्ट्रवादी केपी बा हुनुहुन्छ, उहाँको उत्तराधिकार बन्न सक्ने  व्यक्तित्व महेश बस्नेत हो, उहाँको बिकल्प छैन भन्ने निष्कर्षमा पुगेर एमाले र लौरो अभियन्ताबीच एकता भएको हो ।”

    पत्रकार सम्मेलनमा नेकपा एमालेका पोलिटव्यूरो सदस्य, पूर्व सांसद एवं भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभाका उम्मेदवार महेश बस्नेतलाई लौरो उपहार दिदैँ उनले आफ्नो उम्मेदवारी फिर्ता लिई आफूसहित लौरो अभियानका स्वतन्त्र अभियन्ताहरुले भक्तपुरमा एमालेका उम्मेदवार बस्नेतलाई अत्याधिक मतले विजयी बनाउने अभियानमा एकजुट भएर लाग्ने जानकारी गराए ।

    कार्यक्रममा लौरो ग्रहण गर्दै प्रतिनिधि सभातर्फ एमालेका उम्मेदवार महेश बस्नेतले लौरोका अभियन्ता मात्र नभई तमाम स्वतन्त्र अभियन्ताहरुसँगको सहयात्रा सुरु भएको प्रतिक्रिया दिएका छन् । उनले भने, “टाढाबाट हेरेर र सुनेर होइन, महेश बस्नेतलाई चिन्न र यहाँको विकास हेर्न यहीँ आउनुपर्छ, भन्ने यथार्थ बुझेर आज लौरोले समर्थन गरेको छ, राष्ट्रियताको पक्ष, निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्यको व्यबस्था गर्ने लगायतका राष्ट्रहितका एजेण्डा बोकेका सबै एक भएर राष्ट्रहित विपरितको गठबन्धनलाई परास्त गर्नु आजको आवश्यकता हो ।”

    राष्ट्रियताको पक्ष, एमसीसी, एसएसपी, नागरिकता विधेयकको विक्षमा, निःशुल्क शिक्षा, स्वास्थ्य र रोजगारीको व्यबस्थाको सवालमा एमालेसँगै लक्ष्य र अभियान मिलेका सबै समूह एक हुनुपर्नेमा जोड दिएका छन् ।

    एमाले नेता एवं उम्मेदवार बस्नेतले विपक्षीले कुनै विषय नपाए पछि तर्कहिन कुरालाई आधार बनाएर आफूमाथि आरोप लगाएको स्पष्टीकरण दिदै भने, “हत्या, अपहरण, चन्दा असुली, लुटपात, कुटपिट, धम्की जस्ता अराजकताको बिरुद्ध मैले युथ फोर्स गठन गर्दा विपक्षीले गुण्डा भने, सुरेन्द्र यादवसहितको नेताहरु एमाले प्रवेश गर्ने कार्यमा सहजीकरण गरिदिदाँ अपहरणको आरोप लगाए, गाईको दूध दुहुने क्रममा अलिअलि गोबर लाग्छ, कहिलेकाँही लात्ति हान्छ, यस्ता आरोप आफै मिथ्या सावित भएर गइरहेका छन् ।”

    मधेश र पहाडबीचको सम्बन्ध भत्काउने, जनजाती र बाहुन क्षत्रीबीचको एकता विभाजन गरेर देशलाई सधै अस्थिरतामा धकेलेर स्वार्थ पुरा गर्न खोज्नेको कदमलाई असफल बनाउन सफल भएको उनको भनाइ छ ।

    विकासको सन्दर्भ कोट्याउदै उनले भने, “भक्तपुरमा भौतिक पूर्वाधारको अधिकांश काम सकिएको छ, केही काम निरन्तर भइरहेको छ, केही काम अहिलेको गठबन्धन सरकारले बजेट काटिदिदाँ रोकिएको छ, मेरो जीत पछि अबको पाँच वर्षमा त्यस्ता बाँकी कामहरु पुरा गर्नुछ, हनुमन्ते करिडोर, मनोहरा करिडोर, विश्व विद्यालय, अत्याधुनिक स्वास्थ्य सेवा दिन सक्ने मेडिकल कलेज, प्राणी उद्यान, पाँच हजार क्षमतको सभा हल, खेल मैदान, रंगशाला, दुवाकोटमा बीर अस्पताल, मुटुको सबै सेवासमेत दिने गरि भक्तपुरमा मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर धुलिखेल सडक, विद्युतलाई अण्डरग्राउण्ड, तीन स्मार्ट सिटी, साँगा र कोटेश्वरमा सुरुङ्ग मार्ग निर्माण जस्ता थुप्रै आयोजनाहरु सम्पन्न गर्न, बौद्धिक ज्ञान केन्द्र, युवा लक्षित कार्यक्रम, महिला सीप, इलाइब्रेरी जस्ता योजनाहरु ल्याउने काम म गर्नेछु, अबको पाँच वर्षमा यहाँका सबै सडक कालोपत्र हुने छन्, सबै क्षेत्र पुल र सडक सञ्जालले जोडिने छन्, विद्यालयका भौतिक एवं शैक्षिक गुणस्तर बृद्धि गरिने छ, सूर्यविनायक नगर अस्पताललाई यहाँका बासिन्दाका लागि निःशुल्न उपचार गर्ने गरि बिकास गर्ने काम पुरा गर्नेछु ।”

    पत्रकार सम्मेलनमा हस्ताक्षर पत्रमा एमाले नेता बस्नेत र स्वतन्त्रका लौरो चिन्हका उम्मेदवार पोखरेलले हस्ताक्षर गरि सार्वजनिक गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमि नगरपालिका अस्पताललाई १ अर्व २७ करोड सहयोग, नयाँ भवन शिलान्यास

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा दक्षिण कोरियाको सहयोगमा निर्माण हुने अस्पताल भवन शिलान्यास भएको छ ।...

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित गरिएको छ । आज अपराह्नको लागि तय भएको सो कार्यक्रम...

    शिक्षा र स्वास्थ्य निशुल्क नभई भ्रष्टाचार नरोकिने मन्त्रीको भनाइ

    गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री...

    दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना

    काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...

    सिक्दै कमाउँदै श्री पद्मका विद्यार्थी

    “मैले तीन कक्षादेखि नै अतिरिक्त क्रियाकलाप अन्तर्गत आर्ट ( पेन्टिङ्ग ) विषय रोजे । त्यति...