News Portal

  • बालकोटमा केपी ओली र महेश बस्नेतमाथि काँग्रेस उम्मेदवार दुर्लभ थापाको कटाक्ष

    मदन ढुंगाना / भक्तपुर पोस्ट भक्तपुर, २५ कार्तिक २०७९
    ३८१ पटक
    durlav-thapa-bhaktapur.jpgभक्तपुर, २५ कार्तिक २०७९

    गठबन्धनका तर्फबाट भक्तपुर २ को प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापाले बालकोट पुगेर नेकपा(एमाले) का अध्यक्ष केपी ओलीप्रति कटाक्ष गरेका छन् । अध्यक्ष ओलीमा राजनीतिक सस्कार एवं सभ्यता नभएको र उनलाई बा भन्दै हिड्ने एमाले उम्मेदवार महेश बस्नेत पनि उस्तै निस्किएका भन्दै उम्मेदवार थापाले कटाक्ष गरेका हुन् ।

    शुक्रवार बालकोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले हावादारी गफ हाक्दै ओलीले बालकोटकै बद्नाम गरेका बताए । पुनर्निर्माण गरेका ऐतिहासिक धरहरा र रानीपोखरी समेत आफैले बनाएको भन्दै ओलीले जगहसाई गरेका उनले जिकिर गरे । ” आधा पुनर्निर्माण भएको धरहरा उद्घाटन गरेर मैले बनाए भन्दै उफ़्रिएको देख्दा दया लाग्छ ।” उनले भने । उनले बोल्ने समेत शैली नभएका ओलीले काँग्रेस नेतासंग शास्त्रास्त्र गर्न खोजेको भन्दै आफू ओलीलाई बालकोटमै राजनीतिक सस्कार र नैतिकताबारे ट्युसन पढाउँन तयार रहेको बताए ।

    उम्मेदवार थापाले बालकोट बसेर प्रधानमन्त्री भएपनि बालकोटको बिकासका लागि एमाले अध्यक्ष ओलीले कुनै काम नगरेका आरोप लगाए । ”बिकासको कुरै छोडौं, काभ्रेका आफ्ना छोरालाई मन्त्री बनाएर बालकोट दरवारमै विराजमान गराउनुभयो, उनले ७० करोड देखादेखी भ्रष्टाचार गरेको र अर्बौ हान्देको अभिव्यक्ति दिँदा बालकोटकै बदनामी भयो ।” उम्मेदवार थापाले भने ।

    बालकोटमै बसेर पूर्व प्रधानमन्त्री ओलीले बालकोटका लागि के गरे अनि उनका छोराले के गरे त्यसको हिसाब बालकोटबासीले गरेका बताउदै काँग्रेस उम्मेदवार थापाले एमाले भनेको जनतालाई भ्रमित पार्ने पार्टी भएको अभिव्यक्ति दिए । भक्तपुरमा काँग्रेसका जनप्रतिनिधिले शुरु गरेका विकासमा एमालेका महेश बस्नेतले रंग लगाउने र रिबन काट्ने काम गरेको उनको भनाइ छ । उनले वडाध्यक्षले गर्ने बिकासनिर्माणमा बस्नेतले आफ्नो दावी गरिरहेको भन्दै आफूले यस्तो दावी कहिल्यै नगर्ने उद्घोष गरे । विकासको लागि कुनै बा र उनका छोराको ढोका ढक्ढकाउनु नपर्ने भन्दै थापाले संघीयतामा संघ, प्रदेश र स्थानीय सरकारले बजेटको वर्षा गरिरहेका उल्लेख गरे । उनले आफू निर्वाचित भएपछि मतदाताको शीर ठाडो हुनेगरी देशको नीतिनियम र ऐनकानुन बनाउने कार्यमा सहभागी हुने र बिकास र सम्वृद्धिको सम्बाहक बन्ने बताए ।

    उक्त अवसरमा उक्त क्षेत्रका प्रदेश सभा तर्फ गठबन्धनका उम्मेदवार रहेका काँग्रेस नेता विष्णुराज कार्की त्यसैगरी गठबन्धनका तर्फबाट नेकपा(माओवादी केन्द्र) का भक्तपुर इन्चार्ज दिलिप प्रजापति भिष्म र नेकपा(एकीकृत समाजवादी)का भक्तपुर अध्यक्ष श्यामसुन्दर बस्नेत लगायतले सम्बोधन गरेका प्रचार सहसंयोजक रमेश खड्काले जानकारी गराए । ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...