News Portal

  • हसियाँ हथौडा र रुख बिच सम्झौता भएर गणतन्त्र र नयाँ संविधान सम्भव भएको अध्यक्ष प्रचण्डको भनाई

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २७ कार्तिक २०७९
    २२२ पटक
     भक्तपुर, २७ कार्तिक २०७९

    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल (प्रचण्ड) ले हसियाँ हथौडा र रुख बिच सम्झौता भएर नै देशमा गणतन्त्र र नयाँ सविधान सम्भव भएको बताएका छन् ।

    चुनाव प्रचार–प्रसारका लागि गोरखामा रहेका उनले पालुङटार नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अब रुखले हसियाँ हथौडा र हसियाँ हथौडाले रुखमा मतदान गर्न हिचकिचाउन नपर्ने बताएका हुन् ।

    ‘शान्ति सम्झौतामा काग्रेसका तत्कालिन सभापति तथा प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइराला र मैले नै हस्ताक्षर गरेपछि बृहत शान्ति सम्झौता भएको हो, उनले भने, ‘सम्झौता पत्रमा हस्ताक्षर गर्नु भनेको त्यति बेलै मैले काँग्रेसको रुख चिन्हमा र गिरिजाप्रसाद कोइरालाले माओवादी केन्द्रको हसियाँ हथौडामा भोट हालेको हो ।’

    काँग्रेस र माओवादी मिलेर गणतन्त्र र संविधान सम्भव भएजस्तै अब विकास र समृद्धि पनि काँग्रेस र माओवादी केन्द्र मिलेर नै सम्भव हुने उनको भनाई छ । ‘ राजनीतिक परिवर्तन भयो तर जनताले अनुभुति गर्ने गरि आर्थिक समृद्धि हुन सकेन, अध्यक्ष दाहालले भने, ‘अब राजनीतिक परिवर्तनको रक्षाका आर्थिक क्रान्तिको थालनी गर्नुपर्छ भन्ने गठबन्धनका नेताले गहिरो अनुभूति गरिसकेका छौ ।’

    उनले लामो समयदेखि बन्द रहेको पालुङटार एयरपोर्ट भिन्न रुपमा संचालन गर्ने आफ्नो योजना रहेको समेत बताए । अध्यक्ष दाहालले एयरपोर्ट सञ्चालनका नागरिक उड्डयन प्राधिकरणसग आफुले छलफल गरिसकेको जानकारी दिएका छन् ।

     

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...