News Portal

  • साँखुमा आज संयुक्त चुनावी सभा आयोजना

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २८ कार्तिक २०७९
    २१५ पटक
     भक्तपुर, २८ कार्तिक २०७९

    काठमाण्डौंको सांस्कृतिक एवं ऐतहासिक सहर साँखुमा आज संयुक्त चुनावी सभा आयोजना गरेको छ ।
    सो संयुक्त चुनावी साभा सत्तारुढ गठबन्धनले साँखु बजारमा अपराह्न २ बजे सुरु हुने छ ।

    चुनाव प्रचार–प्रसार समितिका अनुसार सभामा काँग्रेस नेता प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता लीलामणि पोखरेल, नेकपा एकीकृत समाजवादीका नेता डा. गंगालाल तुलाधरसहित उम्मेदवारहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    घरदैलो कार्यक्रम सकिएसँगै चुनावी सभा आयोजना गरिएको गठबन्धनको चुनाव परिचालन समिति संयोजक एवं नेपाली काँग्रेस काठमाण्डौं क्षेत्र नम्बर–२ का सभापति कबीर शर्माले जानकारी दिएका हुन् ।

    आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि गठबन्धनका तर्फबाट काठमाण्डौं–२ मा पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्ती, प्रदेशसभा (क) मा काँग्रेसका ध्रुव केसी र प्रदेशसभा (ख) मा एकीकृत समाजवादीका भरतप्रसाद फुयाँल साझा उम्मेदवार छन् ।

     

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...