जिल्ला प्रशासन कार्यालय भक्तपुरको प्रशासकीय अधिकृत उर्मिला खतिवडा महिनाको उत्कृष्ट कर्मचारी छनौट भएका छन् । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको कर्मचारी वैठकमा उनी आश्विन महिनाको उत्कृष्ट कर्मचारीको रुपमा छनौट र सम्मानित भएका हुन् ।
कर्मचारीलाई उत्पेरित गर्न मापदण्ड बनाइ कर्मचारीको मूल्यांकन गर्ने गरिएको जानकारी दिदै जिप्रकाको सूचना अधिकारी एवं सहायक प्रजिअ माधवप्रसाद शर्माले आश्विन महिनामा उत्कृष्ट कार्यसम्पादन गरेवापत खतिवडा सम्मानित भएको बताए । प्रजिअ शर्माले कर्मचारीलाई सेवाग्राहीप्रति उत्तरदायी र कामप्रति जवाफदेही बनाउन यसले सकारात्मक वातावरण बनाउने विश्वास ब्यक्त गर्दै यस्ता अभ्यासलाई निरन्तर दिदै जाने बताइन् ।
सम्मानित हुने प्रमुख प्रशासकीय अधिकृत खतिवडा सूर्यविनायक – ५ कटुन्जे नयाँ बस्ती निवासी कर्मचारी हुन् । यस अघि उनले सोलुखुम्बुमा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पनि सफलतापूर्वक निभाएका छन् । जिप्रकाको सेवाप्रकृया बारे पूर्ण जानकार र सेवाग्राही मैत्री ब्यवहारका कारण उनी लोकप्रिय समेत रहेका छन् ।