News Portal

  • १० तस्वीरमा हेर्नुस् भक्तपुर-१ प्रदेश-२ मा गठबन्धनको घरदैलो

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ३० कार्तिक २०७९
    ४०२ पटक
    sunilभक्तपुर, ३० कार्तिक २०७९

    भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ मा घरदैलो पछि लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार उत्साहित बनेका छन् । मतदाताले अपार माया दिएका संघीय उम्मेदवार सुनिल गोठे बासुले बताए ।

    नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक समेत रहेका गोठेसंग प्रदेश १ भक्तपुर नगर क्षेत्रमा पवन भुजु र प्रदेश २ चाँगुनारायण र भक्तपुर- १० नगर क्षेत्रमा सुरेश श्रेष्ठ प्रदेश सभाका लागि उम्मेदवार रहेका छन् । दुवै प्रदेश क्षेत्रमा नेपाली काँग्रेसका उम्मेदवार संग घरदैलोमा हिडिरहेका प्रतिनिधि सभा सदस्य उम्मेदवार सुनिल गोठेलाई काँग्रेस नेता कार्यकर्ताले बराबरी माया गरिरहेका उनले बताए ।

    ”घरदैलोमा हिड्दा फरक पार्टीका कार्यकर्ताहरु संग पनि छु भन्ने फिलिंग नै हुन दिनुभएन ।” उनले भने । गठबन्धन दलका कार्यकर्ताको एकता लोभलाग्दो भएको उनको भनाइ छ । उम्मेदवार नभएपनि एकीकृत सामजवादीका कार्यकर्ता पनि घरदैलोमा उत्तिकै उत्साहपूर्वक सहभागी भएका उनले अनुभव सुनाए । यस्तै अनुभव काँग्रेस उम्मेदवार भुजु र श्रेष्ठको पनि रहेको छ ।

    भक्तपुरमा स्थानीय शासक दलको निरंकुशता, खानेपानी र रोजगारीको समस्यालाई लिएर मतदाताले बढी चिन्ता गरेका उनले बताए । त्यसैगरी चाँगु नारायणमा मूख्यत: यातायातको असुविधा, पहिरोको समस्या,कृषकका समस्या, शिक्षा, स्वास्थ्य र रोजगारीको विषयमा मतदाता चिन्तित रहेका उनले सुनाए ।

    मतदाताको आशा र भरोशा देख्दा आफूहरुको आत्मबल अझ बढेको उम्मेदवार सुनिल गोठेले बताए । गठबन्धनका सबै उम्मेदवार युवा रहेकाले मतदाताले आफ्नै भाइ, छोरा नातिको रुपमा माया प्रदर्शन गरेका गोठेले बताए ।

    मतदाताले आगामी सरकार गठबन्धनकै बन्ने देखिएकाले आफूहरुको गठबन्धनप्रति बढी अपेक्षा रहेको बताएका थिए ।

     

    प्रतिकृया दिनुहोस्

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...