News Portal

  • मुख्य निर्वाचन अधिकृत बास्तोला मिडियामैत्री बन्दा भक्तपुरमा खुल्यो मिडिया डेस्क

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३ मङ्सिर २०७९
    ४५२ पटक
    gopal bastolaभक्तपुर, ३ मङ्सिर २०७९

    निर्वाचनको वातावरणबारे बताउने र मतगणनाबारे समेत जनतालाई शिघ्र र सत्य जानकारी गराउने संचार जगतलाई उपेक्षा गरेर प्रभावकारी निर्वाचनको परिकल्पना गर्न सकिदैन । आफ्नो सम्भावित कमजोरी बाहिरिने डर वा मिडियादेखि भाग्ने स्वभावले कतिपय जिल्लाका निर्वाचन अधिकृतहरु मिडियामैत्री बन्न नसक्दा संचारकर्मीले समाचार संकलनमा सहजता अनुभव गर्न नसकेको गुनासो गरिरहँदा भक्तपुरमा भने त्यस्तो समस्या देखिएको छैन ।

    जिल्लाका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोला मिडियामैत्री बन्दा भक्तपुरमा निर्वाचनसम्बन्धी समाचार संकलनमा समस्या नदेखिएको नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले प्रष्ट पारेका छन् । महासंघको आग्रहमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले भक्तपुर क्षेत्र नं. १ मा मिडिया डेस्क स्थापना गरेको र यसले मतगणनाको परिणाम प्राप्त गर्न र प्रकाशन प्रशारण गर्न सहज हुने उनले बिश्वास व्यक्त गरे । शनिवार महासंघका अध्यक्ष प्रजापति, उपाध्यक्ष लिला श्रेष्ठ, सचिव संजीप घिमिरे ‘शुभचिन्तक’ र सदस्य संजीव दुलालले मुख्य निर्वाचन अधिकृत बास्तोलालाई भेटी मिडिया डेस्क स्थापनाका लागि आग्रह गरेका थिए । महासंघको आग्रह सहर्ष स्वीकार गरी तत्कालै मिडिया डेस्क स्थापना गरिएको थियो । यसप्रति अध्यक्ष प्रजापति नेतृत्वको टोलीले मुख्य निर्वाचन अधिकृत बास्तोलालाई धन्यवाद समेत ज्ञापन गरेको छ ।

    मुख्य निर्वाचन अधिकृत बास्तोला जिल्ला अदालत भक्तपुरका मुख्य न्यायाधिस हुन् । न्याय सेवा प्रवेश गर्नु अघि आफू पनि संचारकर्मी रहेको खुलासा गर्दै सूचनाका लागि जनताको आखाँ र कान भएर काम गर्ने संचार जगतको भूमिका अवमूल्यन गर्न नहुने उनले प्रष्ट पारे । निर्वाचनका कुरा जनतासम्म पुर्याई यसलाई सफल पार्नु हरेक संचारकर्मीको समेत दायित्व भएको भन्दै उनले समाचार संकलनमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत प्रकट गरे ।

    मिडिया डेस्कमा सञ्चारकर्मीहरुको लागि इन्टरनेटको समेत व्यवस्था गरिने मुख्य निर्वाचन अधिकृत गोपाल प्रसाद बास्तोलाले बताए । खरीपाटीस्थित मतगणना स्थलको तस्विर खिच्न भिडभाड नहुने गरी निश्चित संख्यामा छोटो समयमा लागि संचारकर्मीहरुलाई आलोपालो प्रवेशको व्यवस्था मिलाउने पनि उनको भनाइ छ । निर्वाचनको मतगणना सम्बन्धी निर्देशिका र कार्यविधि अनुसार निश्चित मत संख्याको गणना सम्पन्न भएपछि रुजु गरी तयार भएको परिणामलाई सञ्चारकर्मीहरुले प्रवाह गर्दा आधिकारिक सूचना जनताले पाउने बिश्वास व्यक्त गर्दै पुष्टि नभएका सूचना सम्प्रेषण नगर्न उनले सुझाव समेत दिए ।

    जिल्लास्थित २ सय २२ मतदान केन्द्रमा मतदान गराउनका लागि १ हजार ७ सय ७६ कर्मचारी खटाइएको र आइतवार शरु हुने निर्वाचनका लागि मतदान केन्द्र पूर्ण तयारी अवस्थामा रहेको उनले जानकारी गराए । प्रत्येक केन्द्रमा प्रमुख, सहायक प्रमुख सहित ८ जना कर्मचारी र आवस्यकता अनुसार स्वयंसेवक समेत परिचालन गरिएको र १० प्रतिसत कर्मचारी जगेडा राखिएको उनको भनाइ छ । निर्वाचनलाई मतदातामैत्री बनाउन आवश्यक तालिम र निर्देशन दिइएको जानकारी गराउदै उनले त्यसको अनुगमन समेत गरिने बताए ।

    जिल्लामा १० वटा मतदान केन्द्र अपांगता मैत्री बनाइएको उनले बताए । जसअन्तर्गत क्षेत्र नम्बर १ को भक्तपुरमा ५ र चाँगुनारायणमा एउटा गरी छ वटा केन्द्रलाई अपांगता मैत्री बनाइएको तथा क्षेत्र नम्बर २ को सूर्यविनायकमा ३ र मध्यपुर थिमिमा एउटा गरी ४ वटालाई अपांगता मैत्री बनाइएको उनको भनाइ छ । भक्तपुरको मेधा मावि मतदान केन्द्रलाई पूर्ण अपाङ्गतामैत्री बनाइएको उनले बताए ।

    यसैगरी भक्तपुर क्षेत्र नं. २ को निर्वाचन अधिकृत लोकनाथ पराजुलीले पनि मतगणनाको सूचना सरल सहजरुपमा सार्वजनिक गर्न आवश्यक प्रवन्ध मिलाउने प्रतिवद्धता प्रकट गरेका छन् ।

    उक्त अवसरमा महासंघका अध्यक्ष जगतकृष्ण प्रजापति, सचिव संजीप घिमिरे ‘शुभचिन्तक’, मध्यपुर सञ्चार समाजका अध्यक्ष बाबुकाजी साँछे श्रेष्ठ र सदस्य सुरेश श्रेष्ठ सहभागि रहेका थिए ।

    प्रतिकृया दिनुहोस्

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...

    वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको...

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...