News Portal

  • भक्तपुर १ मा खस्यो ७२ प्रतिसत मत

    भक्तपुर, ४ मङ्सिर २०७९
    ७९८ पटक
    भक्तपुर, ४ मङ्सिर २०७९

    भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा ७२.१९ प्रतिसत मत खसेको छ । आइतवार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा ७२.१९ प्रतिसत मत खसेको हो ।

    १ लाख २ हजार ५ सय २८ मतदाता रहेका यस क्षेत्रमा आज आइतवार सम्पन्न निर्वाचनमा ७४ हजार १९ मत खसेको हो । यहाँ महिला मतदाता पुरुष भन्दा बढी रहेका छन् र मतदानमा पनि उनीहरुले पुरुषलाई उछिनेर मतदानमा सहभागी भएका छन् ।

    २ प्रदेश क्षेत्र रहेको यस निर्वाचन क्षेत्रमा भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका पर्दछन । १ सय १५ मतदान केन्द्र रहेको निर्वाचन क्षेत्र नम्बर १ मा भक्तपुर नगरपालिकास्थित ख्वप: इञ्जिनियरिङ्ग कजेज मतदान केन्द्रमा सबैभन्दा बढी मतदान भएको छ । यहाँ ८० प्रतिसत मत खसेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भिमबहादुर बिसीले बताए । उनका अनुसार यहाँ सबैभन्दा कम चाँगुनारायण नगरपालिकाको कालिका मावि केन्द्रमा ६३ प्रतिसत मात्र मत खसेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...

    शिक्षा विधेयकका लागि सदन र सडकबाट दबाब आवश्यक : प्रचण्ड

    नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय शिक्षा विधेयक पारित गर्न सदन...