News Portal

  • भक्तपुर २ मा ४६ प्रतिसत मतगणना सम्पन्न : अग्रता अझै बढाउदै गठबन्धनका दुर्लभ थापा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६ मंसिर २०७९
    ६४४ पटक
    भक्तपुर, ६ मंसिर २०७९

    भक्तपुर क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य तर्फ गठबन्धनका उम्मेदवार दुर्लभ थापाले अझ अग्रता बढाइरहेका छन् । ३० हजार ३ सय ९३ मत गणना गर्दा थापाले १ हजार २ सय ९१ मतले अग्रता कायम गरेका छन् ।

    पछिल्लो मतपरिणाम अनुसार दुर्लभ थापाले १२ हजार ५३ मत प्राप्त गर्दा एमाले उम्मेदवार महेश बस्नेत १० हजार ७ सय ६२ मतसहित थापालाई पछ्याइरहेका छन् । प्रारम्भिक मत गणनादेखि नै अग्रता कायम गरेका थापालाई ४६ प्रतिसत मत गनिसक्दा समेत बस्नेतले उछिन्न सकेका छैनन ।

    त्यसैगरी तेस्रो र चौथो स्थानमा नेमकिपाका अनुराधा थापामगर र राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विक रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...