News Portal

  • फिफा विश्वकप २०२२: वेल्स र अमेरिकाको बराबरी अंक

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६ मंसिर २०७९
    ४३८ पटक
     भक्तपुर, ६ मंसिर २०७९

    कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘बी’ को खेल वेल्स र अमेरिकाको बराबरी अंकमा रोकिएको छ ।

    सोमबार राति अकहमेद विन अली स्टेडियममा भएको खेलमा वेल्स र अमेरिका १–१ गोलको बराबरीमा रोकिएकोप हो ।

    प्रतिस्पर्धात्मक खेलमा अमेरिकाका लागि टिमोथी वेहले गोल गरेका थिए भने वेल्सका ग्यारेथ बेलले बराबरी गोल फर्काएका थिए ।

    खेलमा सुरुवाती अग्रता अमेरिकाले लिएको थियो । टिमोथी वेहले ३६औँ मिनेटमा गोल गर्दै अमेरिकाको उत्साह जगाएका थिए ।

    त्यसपछि वेल्सले ८२औँ मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्कायो । डिबक्सभित्र अमेरिकाका जिमरमनले ग्यारेथ बेललाई फल हानेपछि वेल्सले पेनाल्टीको अवसर पाएको थियो । जसलाई बेलले सही सदुपयोग गरे ।

    बराबरीसँगै अमेरिका र वेल्सले एक एक अङ्क बनाएका छन् । तीन अङ्क बनाएको इङ्ग्ल्यान्ड शीर्ष स्थानमा छ । सोमबार नै भएको समूहको पहिलो खेलमा इङ्ग्ल्यान्डले इरानलाई ६-२ गोलले स्तब्ध बनाएको थियो । एजेन्सी

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...