News Portal

  • कांग्रेसका दुर्लभ थापाको विजय र्‍याली

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ८ मंसिर २०७९
    ३६३ पटक
    भक्तपुर, ८ मंसिर २०७९

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा भक्तपुर-२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका कांग्रेसका दुर्लभ थापाले प्रदेश सभामा निर्वाचित डा राजेन्द्रमान श्रेष्ठ सहित  विजय र्‍याली निकालेका छन् ।

    पूर्व मन्त्री समेत रहेका एमाले उम्मेदवार महेश बस्नेतलाई पराजित गर्न सफल भएपछी गठबन्धन नेताकार्यकर्तामा उत्साह देखिएको छ । लोकतान्त्रिक बाम गठबन्धनले र्याली सहित बिजयोत्सव मनाएको हो ।

    प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणामअनुसार थापा २४ हजार २ सय ३९ मत ल्याएर निर्वाचित भएका हुन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बस्नेतले २३ हजार २ सय ८२   मत ल्याउँदा नेमकिपाकी अनुराधा थापामगरले ७ हजार १ सय २७ मतसहित तेस्रो स्थानमा रहेकी छन्   छन् ।

    काँग्रेस नेता रमेश खड्काले यो औपचारिक विजय र्याली नभई उपस्थित कार्यकर्ता सहित नजिकको शक्ति पिठहरु दर्शन गरिएको र औपचारिक कार्यक्रम पछि तय हुने जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित...

    भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    krishna paudel CDO

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको...

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...