News Portal

  • कोरोना बिमाको भुक्तानी सुरु हुँदै

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १३ मंसिर २०७९
    २९४ पटक
    भक्तपुर, १३ मंसिर २०७९

    कोरोना बिमाको भुक्तानी आजबाट सुरु हुने भएको छ । कोरोना महामारीका बेला गरिएको कोरोना बिमाको भुक्तानी आजबाट हुने निर्जीवन बिमा कम्पनीले जनाएको हो ।

    कम्पनीले कोरोना बिमा भुक्तानीको २५ हजारमध्ये १८ हजार ६० वटा पोलिसीको भुक्तानी आजबाट सुरु गर्ने तयारी गरेको छ । जसबापत एक अर्ब एक करोड रकम भुक्तानी हुने देखिन्छ ।

    यो रकम नेपाल सरकारले निकासा गरेको हो, नेपाल पुनर्बिमा कम्पनीले आफ्नो हिस्सा रकम थपेको छैन । कम्पनीहरूले पनि आफ्नो हिस्सामा पर्न आउने रकम दुई करोड २७ लाख रुपैयाँ पनि भुक्तानी गरेका छैनन् । हालसम्म नेसनल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, ओरियन्टल र प्रिमियर इन्स्योरेन्स कम्पनीले मात्रै आफ्नो हिस्साको रकम संघलाई भुक्तानी गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    प्रदुषण नियन्त्रणका उपाय खोज्न बृहत अन्तरक्रिया हुने, दुई घण्टा अभियानलाई संयोजनको जिम्मा

    वागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालसँग राष्ट्रका लागि दुई घण्टा अभियानका...

    मध्यपुर थिमि नगरपालिका अस्पताललाई १ अर्व २७ करोड सहयोग, नयाँ भवन शिलान्यास

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा दक्षिण कोरियाको सहयोगमा निर्माण हुने अस्पताल भवन शिलान्यास भएको छ ।...

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित गरिएको छ । आज अपराह्नको लागि तय भएको सो कार्यक्रम...

    शिक्षा र स्वास्थ्य निशुल्क नभई भ्रष्टाचार नरोकिने मन्त्रीको भनाइ

    गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री...

    दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना

    काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...