News Portal

  • इङ्ग्ल्यान्ड र अमेरिका नकआउटमा प्रवेश

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १४ मंसिर २०७९
    ३९९ पटक
     भक्तपुर, १४ मंसिर २०७९

    कतारमा जारी फिफा विश्वकप फुटबलमा इङ्ग्ल्यान्ड र अमेरिका खेलको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘बी’ अन्तर्गत मंगलबार राति भएको खेलमा इङ्ग्ल्यान्डले वेल्सलाई ३–० गोलले हराएको हो भने अर्को खेलमा अमेरिकाले इरानलाई १–० गोलले पराजय गरेको थियो ।

    इङ्ग्ल्यान्ड समूह विजेता र अमेरिका उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेका छन् । अहमद बिन अली स्टेडियममा भएको एकपक्षीय खेलमा इङ्ग्ल्यान्डलाई जिताउन मार्कुस रासफोर्डले दुई गोल गरेका थिए । अर्को गोल फिल फोडेनले थपे ।

    दुवै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा रासफोर्डले ५०अ‍ौं मिनेटमा फ्रिकिकमा गोल गर्दै इङ्ग्ल्यान्डको उत्साह जगाएका थिए । रासफोर्डको करिव २५ यार्ड लामो प्रहारले सोझै जाली चुकेको थियो । एक मिनेट लगत्यै इङ्ग्ल्यान्डले अग्रता दोब्बर बनायो ।

    फोडेनले ५१औं मिनेटमा ह्यारी केनको पासमा अनमार्क गोल गर्दै इङ्ग्ल्यान्डलाई बलियो बनाए । ६८अ‍ौं मिनेटमा रासफोर्डले काल्भिन फिलिप्सको लामो पासमा ब्यक्तिगत दोस्रो गोल गर्दै इङ्ग्ल्यान्डलाई सजिलै जित दिलाएका थिए ।

    यसैगरी अल थुमामा स्टेडियममा भएको समूहको अर्को खेलमा अमेरिकालाई जिताउन क्रिस्टियन पुलिसिसले निर्णायक गोल गरे । प्रतिस्पर्धात्मक खेलमा पुलिसिसले ३८औं मिनेटमा सर्जिनो डेस्टको पासमा गरेको गोल निर्णायक बनेको थियो ।

    औसत बल पोसेसन राखेको इरानको गोल फर्काउने सपना अन्तिम समयसम्म पूरा भएन । हारसँगै इरान विश्वकपबाट बाहिरियो । यसस समूहको शीर्षस्थानमा रहेको इङ्ग्ल्यान्डले अपराजित रहँदै सात अंक बनायो ।

    उपविजेता अमेरिकाले पाँच अंक बनायो । तेस्रो स्थानमा रहेको इरानले तीन र अन्तिममा रहेको वेल्स एक अंक जोड्दै विश्वकपबाट बाहिरियो । एजेन्सी

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...