News Portal

  • ३ सय ३७ मतको अग्रता हात पर्दै संचारमन्त्री कार्की

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १४ मंसिर २०७९
    २५२ पटक
    भक्तपुर, १४ मंसिर २०७९

    सुनसरी ४ मा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ३ सय ३७ मतको अग्रता हात परेका छन् ।

    पछिल्लो मत विवरणअनुसार कार्कीले नेकपा एमालेका जगदिशप्रसाद कुसियतसँग उक्त मतान्तर कायम गरेका हुन् । मन्त्री कार्कीले २६ हजार ८ सय १८ मत प्राप्त गरेका छन् ।

    एमालेका कुसियतले २६ हजार ४ सय ८१ मत पाएका छन् । तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठले २ हजार ८ सय ५२ मत प्राप्त गर्दा विद्यानन्द यादवले २ हजार ३ सय ३९ मत पाएका छन् ।

    सुनसरीका अन्य क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । सुनसरी ४ मा मत गन्ने क्रममा विवाद भएपछि दुई दिन स्थगित गरिएको थियो । निर्वाचन आयोगले पुनः मत गणना गर्न निर्देशन दिएपछि सुचारु गरिएको हो ।

    प्रतिकृया दिनुहोस्

    महिना दिनमा दुई सुरुङ छिचोलिएसँगै पूर्वाधार विकासमा फड्को

    मुलुकमा एक महिनामा दुई वटा सुरुङ छिचोलिएका छन् । यी दुई सुरुङमा एउटा सडक यातायात सुरुङ...

    क्यानडा र युके पठाईदिन्छु भन्ने ठगहरु प्रहरी फन्दामा

    वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई...

    बालमन्दिर जग्गा हिनामिनामा २० जनाविरुद्ध पक्राउ पुर्जी

    बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध...

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...