News Portal

  • मध्यपुरमा पत्रकारको सांस्कृतिक पदयात्रा

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २२ मङ्सिर २०७९
    ६८४ पटक
    भक्तपुर, २२ मङ्सिर २०७९

    मध्यपुर सञ्चार समाजको आयोजनामा मध्यपुर थिमिमा पत्रकारले सास्कृतिक पदयात्रा सम्पन्न गरेका छन् । य:मरी पुन्हीको अवसरमा बिहीबार पदयात्रा सम्पन्न भएको हो ।                                                                                               मध्यपुर थिमि नगरपालिकाको शंखधर पार्कबाट शुरु भएको पदयात्रा बालकुमारी हुँदै बोडेमा पुगी सम्पन्न भएको थियो । उक्त अवसरमा सहभागीहरुले एक दर्जन बढी सास्कृतिक महत्वका सम्पदाको अवलोकन भ्रमण गरेका थिए ।                                                                                                         मध्यपुरको कला, सस्कृती र सम्पदालाई  प्रचारप्रसार गरि आन्तरिक र बाहिरी पर्यटक भित्राउने उदेश्यले पदयात्रा गरिएको आयोजक मध्यपुर सञ्चार समाजका अध्यक्ष बाबुकाजी साँछें श्रेष्ठले बताएका छन् ।  समाजका सचिव एवं नेपाल पत्रकार महासंघ भक्तपुरका सहसचिव सुमन श्रेष्ठले जनाए अनुसार पदयात्रामा २ दर्जन बढी पत्रकार सहभागी भएका छन् र उनीहरूले करिब ३ किलोमिटर पैदल यात्रा गरेका छन् । पत्रकार आफै पदयात्रामा सहभागी  हुँदा मध्यपुरको सास्कृतिक महत्वलाई शब्द र चित्रमा उतारी देश बिदेशमा प्रचार गर्न सहयोग मिल्ने उनले बिश्वास ब्यक्त गरे ।                                                                                                                                     पदयात्रामा सहभागिता जनाएका नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले पत्रकार पेशाकर्मीका अलावा सामाजिक अगुवा समेत भएको भन्दै मध्यपुरको पर्यटन बिकासमा टेवा पुर्याउने मध्यपुर सञ्चार समाजको कार्यबाट अरुले पनि सिक्नुपर्ने सुझाव दिए ।   नेपाल पत्रकार महासंघबाट समाजको पदयात्रामा सचिव संजीप शुभचिन्तक, सहसचिव हेमराज ढकाल र सदस्य रामगोपाल तमखु समेत सहभागी भएका थिए ।  सहभागीहरुलाई स्थानीयले स्वागत गर्नुका साथै स्थानीय महिला समूहले आफैले तयार पारेको सम्यबजी र य:मरी खुवाएर आतिथ्यता प्रदान गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...