News Portal

  • प्रतिनिधि सभामा भक्तपुरका थप २ जना सांसद बन्ने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २५ मंसिर २०७९
    ८६८ पटक
    भक्तपुर, २५ मंसिर २०७९

    प्रतिनिधि सभातर्फ भक्तपुरका थप २ जना सांसद बन्ने भएका छन । भक्तपुरका समानुपातिक उम्मेदवारलाई उनीहरुको पार्टीले मनोनित गरे संगै २ सांसद थपिने भएका हुन् । यस अघि प्रत्यक्ष तर्फबाट प्रेम सुवाल र दुर्लभ थापा प्रतिनिधि सभामा निर्वाचित भएका छन् भने समानुपातिकबाट थप २ जना थपिने भएका हुन् ।

    समानुपातिकबाट प्रतिनिधि सभामा पुग्न सफल भएकाहरुमा नेपाली काँग्रेसकी रमा कोइराला पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियार रहेका छन् । उनीहरु आवद्ध पार्टीले उनीहरुलाई मनोनित गरेको पत्र निर्वाचन आयोगको कार्यालयमा पठाएको हो ।

    प्रतिनिधि सभा सदस्यमा सिफारिस भएकी काँग्रेसकी रमा कोइराला पौडेल भोजपुरबाट राजनीति शुरु गरी पछिल्लो समय भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित दधिकोटमा बस्दै आएकी छन् । भक्तपुरबाटै पार्टीको महाधिवेशन प्रतिनिधि निर्वाचित हुँदैं केन्द्रीय सदस्य समेत निर्वाचित भएकी कोइरालाले ट्रेड युनियन काँग्रेसको नेतृत्वमा रहेर राजनीतिमा योगदान गरेकी छन् ।

    यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी बाट सिफारिस भएका सन्तोष परियार पनि सूर्यविनायक नगरबासी नै हुन् । सूर्यविनायकको गुन्डु निवासी नेता परियार रास्वपाको सुत्रधार मध्येका मानिन्छन । उनी नेकपा एमाले परित्याग गरी रवी लामिछाने नेतृत्वको रास्वपा निर्माणमा लागेका नेता हुन् ।

     

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...