फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ । कतार विश्वकपको दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्ने छन् ।
अल बायत स्टेडियममा हुने फ्रान्स र मोरक्कोबीचको खेल राति १२ः ४५ बजे सुरु हुनेछ । साविक विजेता फ्रान्स र मोरक्को दुवै जित निकाल्दै फाइनल पुग्ने योजनामा रहेका छन् ।
यस खेलको विजेताले फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ । अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएर उपाधि नजिक पुगेको हो ।