News Portal

  • विश्वकपको फाइनल खेल आज: अर्जेन्टिनाविरुद्ध फ्रान्स प्रतिस्पर्धामा

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ३ पुस २०७९
    २७४ पटक
    भक्तपुर, ३ पुस २०७९

    कतार फिफा विश्वकप फुटबलको फाइनल आज हुँदैछ । आइतबार दोहास्थित लुसेल मैदानमा हुने फाइनलमा खेलमा फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ ।

    नेपाली समयअनुसार पौने ९ बजे सुरु हुने खेलमा दुवै टोलीले लक्ष्य तेस्रोपटक च्याम्पियन बन्ने छ । फ्रान्स भने लगातार दोस्रो ट्रफी उचाल्ने दाउमा छ ।

    लियोनल मेसी (अर्जेन्टिना)

    कतार विश्वकपमा सबैको नजर लियोनल मेसीमाथि छ । मेसीले यो विश्वकप नै आफ्नो अन्तिम खेल भएको बताइसकेका छन् । ३५ वर्षीय मेसीले जारी विश्वकपमा पाँच गोल गरेका छन् । यसैगरी तीन असिस्ट उपलब्ध गराएका छन् । मेसीले साउदी अरेबिया, मेक्सिको, अस्ट्रेलिया, नेदरल्यान्ड्स, क्रोएसियाविरुद्ध एक–एक गोल गरेका छन् । जसमा तीन गोल पेनाल्टीमा सम्भव भए ।

    अग्रपंक्तिमा आवश्यकताअनुसार रहँदै मेसी अधिकांश समय मिडफिल्डर झरेर खेलिरहेका छन् । जसमा उनीसँगै अर्जेन्टिना सफल भएको छ । मेसीले अर्जेन्टिनाबाट एक सय ७१ खेलमा ९६ गोल गरेका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी) मा व्यावसायिक फुटबल खेलिरहेका मेसी सन् २०१८ मा समेत सेमिफाइनल पुगेर उपाधिबाट विमुख भएका थिए ।

    केलियन एम्बाप्पे (फ्रान्स)

    युवा स्ट्राइकर केलियन एम्बाप्पे जारी कतार विश्वकपमा निकै लयमा छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी) का यी खेलाडीले पाँच गोल गरिसकेका छन् । उनी मेसीसँगै गोल्डेन बुटको दौडमा छन् । साबिक विजेता फ्रान्सका २३ वर्षीय एम्बाप्पेले डेनमार्क र पोल्यान्डविरुद्ध समान दुई गोल गर्दा अस्ट्रेलियाविरुद्ध एक गोल गरेका थिए ।

    एम्बाप्पे बल नियन्त्रणमा राख्दै तीव्र गतिमा दौडन, फिनिसिङ गर्न र पास निकाल्नमा माहिर मानिन्छन् । सेमिफाइलनमा मोरक्कोविरुद्ध गोलविहीन भए पनि दुवै गोलमा एम्बाप्पेको योगदान रहेको थियो । सन् २०१७ देखि राष्ट्रिय टोलीमा रहेका एम्बाप्पेले ६६ खेलमा ३३ गोल गरेका छन् । एम्बाप्पे लगातार दुई विश्वकप जित्ने संघारमा छन् । जुन यसअघि ब्राजिल र इटालीले जितेका थिए ।

     

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...