News Portal

  • भद्रपुर झापा गोल्डकप फागुनको दोस्रो साता हुने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ४ पुस २०७९
    ३५६ पटक
     भक्तपुर, ४ पुस २०७९

    भद्रपुर झापा गोल्डकप आगामी फागुनको दोस्रो साता हुने भएको छ । मेची रंगशालामा आयोजना हुने नेपालकै पुराना गोल्डकपमध्येमा पर्ने यो खेलको तयारी अघि बढाएको छ । एक साताअघि भद्रपुर नगरपालिकामा भएको सर्वदलीय भेलाबाट स्थानीय उद्योगी दिपेश ढकालको अध्यक्षतामा आयोजक समिति बनाएर तयारी अघि बढाइएको हो ।

    करिब दुई दशकपछि राष्ट्रिय स्तरको भद्रपुर झापा गोल्डकप फुटबल र ओझेलमा पर्दै आइरहेको मेची रंगशालाले पुर्नजिवन पाएको छ । “फुटबल प्रतियोगिता सञ्चालन नहुँदा झापाको पुरानो र एक मात्र स्थायी रंगशाला प्रयोगविहीन बन्दै गएको थियो। ओझेलमा पर्दै आइरहेको मेची रंगशालालाई पुनर्जीवन दिने उद्देश्यले भद्रपुर गोल्डकप सञ्चालन गर्न लगिएको हो,” अध्यक्ष ढकालले बताए ।

    आयोजक समितिले फुटबल प्रतियोगिता हुने मेची रंगशालाको मर्मत सुरु गरेको छ । स्थानीय खेलाडीले प्रशिक्षण गर्दा मैदान जीर्ण बनेकाले पुनर्निर्माण सुरु गरिएको अध्यक्ष ढकालले जानकारी दिए ।

    खेल मैदानमा झार सुकेको तथा धेरै भागमा झार नै नरहेकाले पानीले भिजाएर नयाँ झार रोप्ने काम भइरहेको छ । समितिले पार्किङका लागि आवश्यक ठाउँसमेत तयार पार्दैछ । भद्रपुर नगरपालिकाको संरक्षणमा पहिलोपटक हुन लागेको भद्रपुर झापा गोल्डकपमा ‘ए’ डिभिजन क्लबसहित विदेशी टोलीको सहभागिता रहनेछ । भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षमा गोल्डकपका लागि ३० लाख रुपैयाँ बजेट छुट्याएको छ ।

    विजेता टिमले नगद १३ लाख रुपैयाँ पुरस्कार

    भद्रपुर झापा गोल्डकपको विजेता टिमले नगद १३ लाख र उपविजेताले नगद ६ लाख रुपैयाँ पाउने महासचिव श्रेष्ठले जानकारी दिए । प्रतियोगिताका उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षकले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

    त्यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिता सञ्चालनको लागि एक करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । मुल आयोजक समितिले प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमितिहरु पनि निर्माण गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...