News Portal

  • पुस ७ र ८ गते नगरस्तरीय कथा, कविता, निबन्ध लेखन तथा वादविवाद प्रतियोगिता हुँदै

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ६ पुस २०७९
    ३१८ पटक
    भक्तपुर, ६ पुस २०७९

    चाँगुनारायण नगरपालिकाले यही पुस ७ र ८ गते नगरस्तरीय कथा, कविता, निबन्ध लेखनका साथै वादविवाद प्रतियोगिता गर्ने भएको छ ।

    पुस ७ गते चाँगुनारायण नगरपालिका–२ स्थित आजाद माध्यामिक विद्यालयमा हुने कथा लेखनको शिर्षक कार्यक्रम स्थलमा नै तय गरिने नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख वीर बहादुर खड्काले बताए छन् । ‘वैदेशिक रोजगार भन्दा स्वदेशी व्यवसाय नै बेश’ शिर्षकको वादविवाद पुस ७ गते चाँगुनारायण नगरपालिका–७ बागेश्वरीस्थित श्रीकृष्ण माविमा हुने भएको छ ।

    पुस ८ गते नगरपालिकाको सभाहलमा कविता लेखन र चाँगुनारायण नगरपालिका–८ स्थित महेन्द्रग्राम माविमा निबन्ध लेखन प्रतियोगिता हुनेछ । कविता र निबन्ध दुवै लेखनको शिर्षक भने तय भएको छैन ।

    प्रतियोगितामा चाँगुनारायण नगरभित्रका १४ देखी २४ वर्ष उमेर समूहका युवाहरुको सहभागिता रहनेछ । एक जना सहभागीले कुनै एक विधामा मात्र सहभागिता जनाउन पाईनेछ ।

    नगरपालिकालाई दिगो, समतामुलक, समावेशी विकासको गतिमा अघि बढाउँदैं समृद्ध नगर निर्माण गर्न र नगरपालिका क्षेत्र भित्र शैक्षिक गतिविधिहरुलाई प्रभावकारी तथा गुणस्तरीय बनाउन तथा युवाहरुमा रहेको प्रतिभा पहिचान गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय पहिचान बढाउन सो प्रतियोगिता गर्न लागेको नगरप्रमुख जीवन खत्रीले बताए ।

    प्रतिकृया दिनुहोस्

    एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित...

    भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित...

    भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    krishna paudel CDO

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको...

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...