News Portal

  • २६ सांसदले विभिन्न १४ मातृभाषामा शपथ ग्रहण गर्दै

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ७ पुस २०७९
    २३९ पटक
     भक्तपुर, ७ पुस २०७९

    बिहिबार सङ्घीय संसद सचिवालयका २६ जना नवनिर्वाचित सांसदहरुले आफ्नै मातृभाषामा शपथ ग्रहण गर्ने भएका छन् । २६ जान सांसदहरुले विभिन्न १४ वटा मातृभाषामा शपथ ग्रहण गर्ने र बाँकी सांसदले नेपाली भाषामा शपथ ग्रहण सचिवालयका सहायक प्रवक्ता एवम् सूचना अधिकारी दशरथ धमालले जानकारी गरेका हुन् ।

    सचिवालयका अनुसार नवनिर्वाचित २७५ सांसदमध्ये ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज २ सय ७४ सांसदलाई पद तथा गोपनियताको शपथ गराउनेछ । ज्येष्ठ सदस्य जबरालाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो (बुधबार) शपथ ग्रहण गराएका थिए ।

    नेकपा (एमाले)का सांसद सराज अहमद फारुकीले उर्दुमा, नेकपा (माओवादी केन्द्र)का सांसदहरु मिना तामाङ र सूर्यमान तामाङ (दोङ), हितबहादुर तामाङले तामाङमा र सांसद दुर्गा राईले कोई–कोयू मातृभाषामा शपथ ग्रहण गर्नेछन् । जनता समाजवादी पार्टीका सांसदहरु प्रदीप यादव र रामसहाय प्रसाद यादव, उमरावती देवी यादवले भोजपुरी, रन्जु कुमारी झाले मैथलीमा शपथ ग्रहण गर्नुहुने सहायक प्रवक्ता धमालले जानकारी दिए ।

    प्रवक्ता धमालका अनुसार नेपाली कांग्रेसका सांसद कान्तिका सेजुवालले खस भाषा र नागरिक उन्मुक्ति पार्टीका सांसदहरु अरुणकुमार चौधरी, रन्जिता श्रेष्ठ (चाैधरी), रुपा सो.सि. चौधरी, गंगाराम चौधरी डगौराले थारु, स्वतन्त्र सांसदहरु लालवीर चौधरीले थारु र किरण कुमार साहले संस्कृत भाषामा भाषामा शपथ ग्रहण गर्नेछन् ।

    यसैगरी, जनमत पार्टीका सांसदहरु बिनिता कुमारी सिंह, चन्द्रकान्त राउत, अनिता देवीले मधेशी भाषा र सोनु मुर्मुले सन्याली, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु सुमना श्रेष्ठले नेपालभाषा, मनिष झाले मैथली, लक्ष्मी तिवारीले अवधि, अशोककुमार चौधरीले थारु र असिम शाहले नेपाली/मुस्लिममा, नेकपा (माओवादी केन्द्र)काे चुनाव चिन्ह लिएर निर्वाचित हुनुभएका सांसदहरू महिन्द्र राय यादवले हिन्दीमा भाषामा शपथ ग्रहण गर्ने सहायक प्रवक्ता धमलाले बताए ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...