ईन्डिया-नेपाल ताङ सूडो प्रतियोगितामा सहभागी हनु आज खेलाडीहरु भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । पुस २० देखि सुरु हुने उक्त खेलमा भाग लिन नेपाली खेलाडी आज नयाँदिल्ली प्रस्थान गरेका हुन् ।
प्रतियोगितामा भाग लिन नेपालका तर्फवाट पाँच जना ताङ सूडो खेलाडीहरु आज भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।
प्रतियोगिताका लागि तेज बहादुर थापा मगर, सन्तोष सुनार, रंजिता परियार, दिनेश लामिछाने मगर र आयुस ढुुङ्गाना सहभागी हुुनेछन् ।
प्रतियोगितामा उमेर समुहका आधारमा खेलाडीहरुले भाग लिने प्रशिक्षक संजय विश्वकर्माले जानकारी दिए । भारतको दिल्लीमा हुने सो प्रतियोगितामा नेपाली खेलाडीहरुले २० देखि ६ बर्ष उमेर समुहमा प्रतिस्पर्धा गर्ने प्रशिक्षक विश्वकर्माले बताए ।
जिआर फिटनेस सेन्टरले नेपालले पहिलो पटक ताङ सूडो नेपाल भित्र्याएको थियो ।