News Portal

  • राष्ट्रपति कप रनिड्ड शिल्ड का लागि खेलाडी छान्दै भक्तपुर नगरपालिका

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २५ पुस २०७९
    ६१७ पटक
     भक्तपुर, २५ पुस २०७९

    भक्तपुर नगरपालिकाले राष्ट्रपति कप रनिङ शिल्प खेलकुद प्रतियोगिताको खेलाडी छनोट गर्न सुरु गरेको छ । भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष एवम् खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले भनपाको आयोजनामा २०७९ पुस २५ गतेबाट हुने राष्ट्रपति रनिङ शिल्डको लागि भलिबल, कबड्डी, उसु, तेक्वान्डो, एथ्लेटिक्स र कराँते गरी ६ वटा खेलमा खेलाडी छनोेट हुने बताएका हुन् ।

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले टेक्वाण्डोका रेफ्री बलराम न्हिसुतुलाई खेल सामाग्री हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रमुख प्रजापतिले अन्य विधामा जस्तै खेलकुद क्षेत्र पनि नमुनाको रुपमा विकास गर्ने लक्ष्यअनुरुप अगाडि बढिरहेको बताए ।

    भक्तपुर नपाले पूर्णकालीन खेलकुद प्रशिक्षक नियुक्ति गरी विद्यालयहरुमा खेलकुद प्रशिक्षणलाई जोड दिँदै आएको बताए । उनले भक्तपुरबाटै राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी, रेफ्रि तयार गर्ने उद्देश्य नपाको रहेको र २०७९ फागुन ५ गते खोखो खेलको अन्तरनगर खेलकुद प्रतियोगिता आयोजना हुने जानकारी दिए ।

    कार्यक्रममा राष्ट्रिय भलिबल खेलका प्रशिक्षक विनोदचरण रायले राष्ट्रपति रनिङ शिल्ड निकै महत्वपूर्ण प्रतियोगिता भएको बताउनुहुँदै खेलाडीहरुले राष्ट्र, स्वास्थ्य र खेलाडी स्वयम्को विकासको निम्ति खेल्नुपर्ने बताए ।

    भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाले भक्तपुर नपाले खेलकुदको विकासमा गरिरहेको प्रयास सराहनीय भएको बताउनुहुँदै अन्य स्थानीय तहले पनि भक्तपुरले जस्तै काम गर्न सकेको खण्डमा राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुग्ने जनाए ।

    कार्यक्रममा भनपा ४ का वडाअध्यक्ष उपेन्द्र सुवाल, कार्यपालिका सदस्यद्वय सुनिता अवाल र भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले पनि मानव जीवनमा खेलकुदको महत्वबारे आफ्नो धारणा राखे ।

    सोही क्रममा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाको आयोजनामा २०७९ पुस ५ देखि ९ गतेसम्म भएको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका निर्णायक र रेफ्रीहरुलाई प्रशंसापत्र वितरण वितरण गरेका छन् ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...