News Portal

  • मृत्युदण्डको व्यवस्था गर्न सांसद सुवालको माग

    भक्तपुर, २६ पुस २०७९
    ५२९ पटक
    भक्तपुर, २६ पुस २०७९

    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालमा मृत्युदण्ड दिने कानूनी व्यवस्था गर्न माग गरेका छन् । ठूल्ठूला भ्रष्टाचारमा संलग्नलाई मृत्युदण्ड दिने कानूनी व्यवस्था गर्न उनले माग गरेका हुन् ।

    मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै भक्तपुर-१ बाट निर्वाचित सदस्य सुवालले बलात्कार, मानवअधिकारका उल्लंघन र नेपालको आन्तरिक कुरा विदेशीलाई पुर्‍याउनेलाई पनि मृत्यदण्डको कानुनी व्यवस्था गर्नुपर्ने बताए।

    भक्तपुर औधोगिक क्षेत्र स्थानास्तरण गर्न कम्मर कसेर लागेका सांसद सुवालले काठमाडौं उपत्यकाका औंद्योगिक क्षेत्रहरू उपत्यका बाहिर सार्ने निर्णय तत्काल कार्यान्वयन गर्न पनि माग गरे।

    उनले आफ्नो पार्टी नेमकिपाले प्रचण्ड नेतृत्वको वर्तमान सकार्लाई बिश्वासको मत नदिने पनि जनाएका छन् । नेपाली काँग्रेसले समेत समर्थन गरेको प्रचण्ड सरकारलाई कम्युनिष्ट भन्ने नेमकिपाले समर्थन नगर्नुको कारण वर्तमान सरकार कम्युनिष्टहरुको नभएको सुवालको जिकिर थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...