News Portal

  • चाँगुनारायणमा सबैभन्दा बढी राजश्व उठ्ने दुवाकोट, कम उठ्ने झौखेल

    मदन ढुंगाना / भक्तपुर पोस्ट भक्तपुर, २६ पुस २०७९
    ६१७ पटक
    भक्तपुर, २६ पुस २०७९

    चाँगुनारायण नगरपालिकाले चालू आर्थिक वर्षको ६ महिनामा ७२ लाख बढी घरबहाल कर असुली गरेको छ । नगरपालिकाको १२ औं नगरसभा अधिवेशनमा मंगलबार प्रस्तुत अर्ध बार्षिक समिक्षामा सोकुरा सार्वजनिक गरिएको हो ।                                                                                                            नगरपालिकाले सबैभन्दा बढी आम्दानी भने सिफारिस दस्तुरवापतको शुल्क असुली बाट गरेको देखिन्छ । पुस २० गते सम्मको तथ्यांकका आधारमा हेर्दा सिफारिस शुल्क बापत नगरपालिकाले १ करोड ७१ लाख ४२ हजार ६ सय ९५ राजश्व असुली गरेको बताइएको छ । दोस्रो बढी राजश्व भने ब्यवसाय दर्ता बाट १ करोड २० लाख बढी असुली भएको छ ।  त्यसपछि नक्सा पासको दस्तुरबाट तेस्रो सर्वाधिक आय संकलन भएको छ । नक्सा पास दस्तुर बाट नगरपालिकाले १ करोड ११ लाख ७७ हजार ४ सय २४ उठाएको हो ।                                                                                                                     प्रशासनीक दण्ड जरिवाना बाट पनि नगरपालिकाले यस अवधिमा ९ लाख बढी राजश्व संकलन गरेको जानकारी प्राप्त भएको छ  । नगरपालिकाले नगर सभाको १२ औ अधिवेशनमा बिबिध १३ शिर्षकमा उठाइएका राजस्वको जानकारी प्रस्तुत गरिएको छ । त्यसैगरी सर्वाधिक राजश्व वडा नम्बर २(दुवाकोट) बाट ६२ लाख ६२ हजार  बढी प्राप्त भएको र सबैभन्दा कम वडा नम्बर ३(झौखेल) बाट २० लाख ७० हजार मात्र प्राप्त भएको समेत जानकारी प्राप्त भएको छ ।                                                                                                          चाँगुनारायण नगरपालिकाको नगरसभाको १२ औं अधिवेशनले  आर्थिक वर्ष २०७९/८० को संशोधिन नीति तथा कार्यक्रमलाई संसोधन गर्दै पारित गरेको छ । साथै, नगरपालिकाको अर्धवार्षिक समिक्षा समेत सर्वसम्मतले पारित गरेको छ ।अधिवेशनको अर्को बैठक बिहीबार बस्ने प्रमुख प्रशासकिय अधिकृत हिरामणी सुवेदीले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...