News Portal

  • विराट नेपाल भाषा साहित्य गुथि भक्तपुरको ३ दिने साहित्य भ्रमण सम्पन्न        

    भक्तपुर, ३० पुस २०७९
    ५१८ पटक
    भक्तपुर, ३० पुस २०७९

    विराट नेपाल भाषा साहित्य सम्मेलन गुथिको तीन दिने साहित्य भ्रमण सम्पन्न भएको छ । विराट नेपाल भाषा साहित्य गुथि भक्तपुरको आयोजनामा तीन दिने साहित्य भ्रमण सम्पन्न भएको हो ।                                                                                   मकवानपुर जिल्लाको चित्लाङ , पालुङ, हेटौंडा लगायत विभिन्न ठाउँमा  साहित्यक अवलोकण भ्रमण सम्पन्न भएको आयोजकले जनाएको छ । भ्रमणमा चित्लाङको  नेवा जाती बहुसंख्य भएको मकवानपुर जिल्ला चित्लाङ  कुन्चा गां ( कुन्छाल)वस्तीमा गुथिका अध्यक्ष महेन्द्र गोपाल कर्मचार्यको अध्यक्षतामा साहित्य गोष्ठी  सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा कुन्चा गां का साहित्यकार र विराट गुथिका साहित्यकारहरुले जनपक्षीय साहित्य वाचन गरेका थिए । साहित्य गोष्ठीका प्रमुख अतिथि  थाहा नगरपालिका उप मेयर भरत गोपाली र समाजसेवी सानुकाजी गोपाली लगायतले भाषा, कला, साहित्य र संस्कृति बचाउन भक्तपुर र थाहा नगरपालिकाबीच आपसी सहयोगको आवश्यकता औल्याए ।

    साहित्य कार्यक्रमकै क्रममा मकवानपुर जिल्ला हेटौंडामा नेपाल भाषा खल: को सभाहलमा पनि साहित्य गोष्ठी सम्पन्न भएको थियो ।
    कार्यक्रममा प्रमुख अतिथी विराट गुठिका सल्लाहकार योगेन्द्र प्रधानले नेवा जाती राजनीतिक आर्थिक सांस्कृतिक भाषा साहित्य संरक्षण प्रवर्द्धन र विकास गर्न दक्षिण एसिया मै नेतृत्व गर्न सक्षम रहेको जिकिर गरेका थिए ।

    नेपाल भाषा खल:का अध्यक्ष महेश्वर श्रेष्ठ, विराटका कोषाध्यक्ष राम गोपाल चगुठी, प्रदिप शाक्य लगायतले नेवा: भाषा, साहित्य र सस्कृतीबारे धारणा राखेका थिए ।

    तीन दिने साहित्यक भ्रमणको लागि भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ५ का वडा अध्यक्ष राजकुमार जोशीको पहलमा वडाले बजेटको ब्यवस्था गरिदिएको विराटका अध्यक्ष महेन्द्र गोपाल कर्माचार्यले बताए ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...