सरकारले पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज आइतबार बसेको मन्त्री परिषदको बैठकले भोलि सोमबार शोक बिदा दिने निर्णय गरेको हो ।
सोही बैठकले पूर्व पर्यटन तथा नागरिक उड्डयन सचिव नगेन्द्र घिमिरेको संयोजकत्वमा एक छानबिन समिति बनाउने समेत सहभागी एक मन्त्रीले जानकारी गराए । सरकारले हवाई दुर्घटना हुन नदिन आन्तरिक उडानतर्फका सबै वायुसेवा कम्पनीलाई उडानअघि अनिवार्य प्राविधिक परीक्षण गर्न पनि निर्देशन दिएको छ ।
पोखरामा आइतबार यति एअरलाइन्सको जहाज दुर्घटना हुँदा ठूलो संख्यामा ज्यान गुमेको छ । यति एअरलाइन्सको विमानमा सवारमध्ये ४१ जनाको शव निकालिएको छ । विमानमा चालक दलका ४ सहित ७२ जना सवार थिए ।