News Portal

  • विमान दुर्घटनाले देश शोकमा, सोमबार सार्वजनिक बिदा

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १ माघ २०७९
    १९२ पटक
    भक्तपुर, १ माघ २०७९

    सरकारले पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज आइतबार बसेको मन्त्री परिषदको बैठकले भोलि सोमबार शोक बिदा दिने निर्णय गरेको हो ।

    सोही बैठकले पूर्व पर्यटन तथा नागरिक उड्डयन सचिव  नगेन्द्र घिमिरेको संयोजकत्वमा एक छानबिन समिति बनाउने समेत सहभागी एक मन्त्रीले जानकारी गराए । सरकारले हवाई दुर्घटना हुन नदिन आन्तरिक उडानतर्फका सबै वायुसेवा कम्पनीलाई उडानअघि अनिवार्य प्राविधिक परीक्षण गर्न पनि निर्देशन दिएको छ ।

    पोखरामा आइतबार यति एअरलाइन्सको जहाज दुर्घटना हुँदा ठूलो संख्यामा ज्यान गुमेको छ  । यति एअरलाइन्सको विमानमा सवारमध्ये ४१ जनाको शव निकालिएको छ । विमानमा चालक दलका ४ सहित ७२ जना सवार थिए ।

    प्रतिकृया दिनुहोस्

    मिटरब्याजी पीडितको माग सम्बोधन गर्ने गृह मन्त्रालयको आश्वासन

    मिटरब्याजी पीडितका समस्या समाधान गर्ने आश्वासन गृह मन्त्रालयले दिएको छ । मिटरब्याजी पीडितलाई भेट्न टंगाल...

    नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्णः सभामुख घिमिरे

    प्रतिनिधि सभाका सभामुख देबराज घिमिरेले नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्ण रहेको बताएका छन्...

    गोपाल नारायणको नेतृत्वमा नेराकस(निजामती)को शिक्षा विभागीय कार्यसमिति पुनर्गठन

    नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को शिक्षा विभागीय कार्यसमिति पुनर्गठन गरिएको छ । निवर्तमान अध्यक्ष...

    मंगलवार बेलुकी गठबन्धनको बैठक बस्ने, मन्त्रिपरिषद् विस्तार गर्न छलफल गरिने

    मंगलबार सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न मंगलबार अपरान्ह...

    हस्तलिखित भित्रेपात्रोमार्फत नेपाल चिनाउँदै

    १९ भाषामा प्रकाशित मित्रवनको गुफा नामको बालउपन्यासका लेखक तथा चित्रकार धीरजनाथ अमात्य अद्वितीय छन् ।...