News Portal

  • भक्तपुरको गठ्ठाघरमा सुविधा सम्पन्न सुपरस्पेशियालिटी क्लिनिक, स्वास्थ्यको हब हुने जिकिर

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ११ माघ २०७९
    १४८८ पटक
    भक्तपुर, ११ माघ २०७९

    भक्तपुरको मध्यपुरथिमि- ३ गट्ठाघरमा सुविधा सम्पन्न सुपरस्पेशियालिटी सेवासहितको क्लिनिक संचालनमा आएको छ । छ लेन सडकसंगै रहेको आयु भवनबाट आयु सुपरस्पेशियालिटी क्लिनिक संचालनमा आएको हो ।

    मंगलवार पत्रकार सम्मेलन गर्दै क्लिनिकका अध्यक्ष प्राडा सुरज बज्राचार्यले गठ्ठाघरमा सेवा शुरु गरिएको सार्वजनिक गरेका छन् । क्लिनिकमा गुणस्तरीय प्रयोगशाला र विशेषज्ञ चिकित्सक सहित २० वटा बिभागमार्फत सेवा प्रदान गरिने प्राडा बज्राचार्यले प्रष्ट पारे । यसको औपचारिक उद्घाटन भने यहि माघ १२ गते बिहीबार श्रीपञ्चमीको दिनबाट गर्ने उनले जानकारी गराएका छन् ।

    क्लिनिकमा आन्तरिक चिकित्सा, आन्तरिक चिकित्साको विशेष सेवाहरू ग्यास्ट्रोन्टेरोलोजी, पल्मोनोलोजी, कार्डियोलोजी, बाथविज्ञान, न्यूरोलोजी र सामान्य शल्यक्रियाको सुविधा हुने किल्निकका अध्यक्ष प्राडा बज्रचार्यले बताए ।

    ग्यास्ट्रो सर्जरी, ल्याप्रोस्कोपिक सर्जरी, अर्थोपेडिक शल्यक्रिया, स्पाइन सर्जरी, ट्रमा सर्जरी, बाल चिकित्सा ओर्थोपेडिक्स सर्जरी, आर्थोस्कोपिक शल्यक्रिया, प्रसूति तथा स्त्रीरोग/ इनभिट्रो फर्टिलाइजेशन र बाल रोग सेवा समेत उपलब्ध गराइएको उनले जानकारी गराएका छन् । त्यस्तैगरी प्राडा बज्रचार्यले दिएको जानकारी अनुसार फिजियोथेरापी,मनोचिकित्सा,डर्माटोलोजी,आँखा,दाँत र नाक,कान घाटी रोग उपचारको ब्यवस्था पनि मिलाइएको छ ।

    ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिक, अपाङ्गता भएकाहरु र आजिवन सदस्यता लिनेहरुलाई सेवामा विशेष छुटको ब्यवस्था हुने ब्यवस्थापक बिकास थापाले बताए । उनले भक्तपुरलाई स्वास्थ्यको हब बनाउने क्लिनिकको उदेश्य रहेको जिकिर गरे । भक्तपुरबाट उपचारको लागि काठमाडौ जाने क्रम रोक्ने मात्र नभई काठमाडौका बिरामीलाई क्लिनिकमा आउने वातावरण बनाइने बताउदै उनले केही महिनामै यसको परिणाम देखिने दावी गरे । क्लिनिक नाफामूखी नभई स्वास्थ्य क्षेत्रमा नाम कमाएका चिकित्सक र ब्यवस्थापकहरुको समुहले सेवा र स्व-रोजगारको उदेश्यले संचालन गरेका बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...