News Portal

  • भक्तपुरका नेता ढकाल मुख्यमन्त्री जमरकट्टेलको प्रमुख सल्लाहकार नियुक्त

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १७ माघ २०७९
    ८३७ पटक
    DP dhkalभक्तपुर, १७ माघ २०७९

    नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं निवर्तमान भक्तपुर जिल्ला संयोजक डिपी ढकाल बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलको मुख्य राजनीतिक सल्लाहकार नियुक्त भएका छन् । मंगलबार बिहान बसेको प्रदेश मन्त्री परिषदको बैठकले नेता ढकाललाई मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेको हो ।

    युवा नेता  ढकाल अर्थ राजनीतिमा दखल राख्दछन । अर्थ राजनीतिका पुस्तकहरु समेत लेखेका उनी माओवादी केन्द्र भित्र बौद्धिक युवा नेताको पहिचान बनाउन सफल रहेका छन् । विद्यार्थी उमेरमै अखिल क्रान्तिकारीको नेतृत्व गरेका नेता ढकाल फरक आस्था राखेकै कारण लामो समय जेल जीवन बिताउन बाध्य बनेका थिए । तत्कालीन जनयुद्धमा सक्रिय सहभागी भएका ढकालले जनतालाई पार्टीले दिएको आश्वासन र जनताले पार्टी बाट राखेका आशालाई यथार्थमा बदल्ने अवसर प्राप्त भएको प्रतिक्रिया दिएका छन् ।  प्रदेश राज्य मन्त्री सरहको उक्त पद भक्तपुरका नेताले पाउँदा  जिल्लाको बिकाशमा मात्र नभई सिङ्गो बागमती प्रदेशको दीर्घकालीन बिकाशमा टेवा पुग्ने माओवादी केन्द्रका जिल्ला संयोजक सुनिल  बासुले बिश्वास ब्यक्त गरे ।

    माओवादी केन्द्रका नेता वर्षमान पुन अर्थमन्त्री हुँदा उनको प्रमुख स्वकीय सचिव रही मन्त्रालय हाकेको अनुभव समेत नेता ढकालसंग रहेको छ । नेता ढकाल चाँगुनारायण नगरबासी हुन् । उनलाई मुख्य मन्त्रीको सल्लाहकार बनाउन पार्टीको बागमती प्रदेश समितिले निर्णय गरि सिफारिस गरेको प्रदेश अध्यक्ष सरल सहयात्रीले जानकारी गराए । उनले समग्र युवाको प्रतिनिधित्व गर्दै पार्टीको नीति र जनचाहना अनुरुप काम गर्न मुख्यमन्त्रीलाई प्रेरित गर्ने एवं आवश्यक सहयोग गर्ने अध्यक्ष सहयात्रीले बताए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...